दामोदर अर्याल
समसामयिक विषयमा सामाजिक सञ्जालफर्मात आफ्नो विचार अभिव्यक्त गर्दै आएका नेकपा(एमाले)का युवा नेता दामोदर अर्यालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा एमाले बचाउन आग्रह गरेका छन् । उनले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत प्रधानमन्त्री ओलीलाई अनावश्यक जिद्दीले पार्टी एकता धरापमा परेको अनुभव सबैले गरेका बताएका छ्न ।सबैले ओलीलाई यो सल्लाह दिदैनन,किनकि तपाईं सङ्ग मान्छेहरु डराउछन तर हामि नडराउने भन्दै लेखेका छन् । हामी तपाइका कार्यकर्ता हौ । तपाईंको ब्यक्तित्वको क्षयिकरण हामीलाई मान्य छैन उनले लेखेका छन् ।
अर्यालले तपाईं साना र ठुला साईबर स्यालको कब्जामा हुनुहुन्छ । हामी तपाईंलाई उद्वारगर्न चाहान्छौ । तपाईंको उद्वारले तपाईंलाई गद्दार हुनबाट मात्र जोगाउदैन, एमालेको एकता पनि जोगाउछ । तपाईंको वरिपरि रहेका ठुला साईबर स्यालहरु तपाईंको ब्यक्तित्वलाई धरापमा पारेर, स्खलित गरेर साधन स्रोत र सत्तामा रजाइँ गरिरहेका छ्न । त्यो घेरा ताेडनाेस ।
यसका लागि तपाईंले धेरै केही गर्न पर्दैन । ९औ महाधिवेशनले निर्धारण गरेको नीति,बिधान र साङ्ठनिक संरचना स्विकार गरिदिए पुग्छ । यसो हुने बित्तिकै एमाले एक ढिक्का हुन्छ ।न इतिहास निर्मम हुन्छ । कम्युनिस्ट आन्दोलनको बिभाजन रोक्नु भएन भने तपाईंलाई इतिहासले रछ्यानमा फेकिदिन्छ । यस्तो दिन पनि हाम्रो चाहना होइन । हामी हाम्रो जिवनकालभरी तपाईंलाई कमरेड! भनेर सम्बोधन गर्न चाहान्छौ । तपाईं कमरेड बन्ने नबन्ने दोसाँधमा हुनुहुन्छ । प्लिज !!! फर्कनोस । कम्युनिस्टहरु परबाट हेरेर पर्खिर्हेका छन, तपाईंलाई स्वागत गर्नका लागि !!! आगे यहाँ कै मर्जी !!! भनेका छन ।





















