काठमाडौं,२३ बैशाख । नेपाली कांग्रेसको संगठन विभागले सरकार पूर्णत असफल भएको निस्कर्ष निकालेको छ। सरकार र सत्तारुढ एमालेका कारण राजीति अन्योलपूर्ण बनेको तथा महामारीको व्यवस्थापनमा पिन सरकार चुकेको निस्कर्ष सार्वजनिक गरेको हो। कोरोना महामारीको दोस्रो लहरसँगै मानवीय जीवनको रक्षा गर्न सरकार असक्षम रहेको कांग्रेसको दाबी छ।
कांग्रेस सगठन विभागप्रमुख गोपालमान श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल कम्युनिस्ट पार्टी (एमाले) नेतृत्वमा रहेको वर्तमान सरकारको चरम लापरवाही, गैर जिम्मेवारपूर्ण रवैया र असंवेदनशील कार्यका कारण एकातिर देशको राजनीति अनिश्चित, अन्योल र संकटग्रस्त देखिन्छ भने अर्कोतिर कोरोना महामारीको दोश्रो लहरसँगै मानवीय जीवनको रक्षा गर्न सरकार असक्षम रहेको छ।’
पीसीआर परीक्षण गरिएका करिब ४७ प्रतिशतमा कोरोनाको सक्रमण पुष्टि हुँदा महामारीको असर व्यापक र सघन हुने प्रस्ट भए पनि सरकार महामारीविरुद्धको लडाइलाई प्रभावकारी बनाउनुको साटो सत्ताको झिनाझपटीमै अलमलिएको कांग्रेसको आरोप छ। ‘कोभिड १९ को रोकथाम र नियन्त्रण गर्न आवश्यक कदम चाल्नुको साटो विद्यमान स्वास्थ्य प्रणालीले कोराना नियन्त्रण गर्न नसक्ने औपचारिक घोषणा गरि जनतामा ढाडस होइन् सन्त्रास फैलाउन र आफ्नो जिम्मेवारीवाट भाग्ने प्रयास गर्दैछ,’ विज्ञप्तिमा भनिएको छ।
बढ्दो संक्रमण नियन्त्रण गर्न संघ, प्रदेश र स्थानीय तह बिच समन्वय गरि आइसोलेसन केन्द्र, क्वारेन्टाइन र होल्डिङ्ग सेन्टरको निर्माण गर्न सरकार असफल भएको विज्ञप्तिमा उल्लेख छ। ‘दिनप्रतिदिन वृद्धि भइरहेका संक्रमितहरुको उपचारका लागि आवश्यक अस्पताल बेड, आइसीयू बेड, भेन्टिलेटर लगायतका स्वास्थ्य पूर्वाधार, अक्सिजन र अत्यावश्यक स्वास्थ्य सामग्रीको जोहो गर्न समेत सरकार असफल देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘कोरोना महामारीको मौका छोपेर बजारमा आवश्यक बस्तुहरूको अभाव सिजना गरि मूल्य वृद्धि र कालाबजारी गर्ने कार्यलाई रोक्न सरकारले आवश्यक पहल कदमी लिन नसकेको देखिन्छ।’
सरकारले भारतसँग सीमा जोडिएका नाकामा हेल्थ डेस्क स्थापना गरि कोरोनाको एन्टिजेन परीक्षण गर्ने गरेको दावी गरे पनि नेपाल प्रवेश गर्नेहरुमध्ये शंकास्पद व्यक्तिको मात्र एन्टिजेन परिक्षण गर्ने, होल्डिङ्ग सेन्टरमा राख्दै नराखी सम्बन्धित ठाउँ पुर्याउने कार्यबाट देशको कुनाकुना कोरानाको संक्रमण फैलिए पनि सबै स्थानीय तहसँगको समन्वयमा कन्ट्रयाक ट्रेसिङ्ग गर्ने काम पनि यसपटक ठप्प भएको देखिएको कांग्रेसको दाबी छ।
अघिल्लो वर्ष २०७६ सालको पुस महिनामा नै शुरू भएको कोरोना महामारीले व्यापक रूपमा जनधनमा पुर्याएको क्षति र मुलुकको अर्थतन्त्रमा पारेको नकारात्मक असरलाई यो सरकार नजरअन्दाज गरेको, पार्टीको आन्तरिक द्वन्द्वलाई मात्र महत्व दिएर विभिन्न स्थानहरूमा आमसभा, भेला गर्ने , शिलान्यास र उद्घाटन को नाममा प्रधानमन्त्री आफैँ भिड जम्मा गर्न उद्धत रहेको कारण पनि कोराना संक्रमण बढाउन सरकार आफै जिम्मेवार रहेको कांग्रेसको आरोप छ। कांग्रेसले विज्ञप्तिमा भनेको छ, ‘सरकारको यो गैर जिम्मेवारपूर्ण रवैया, चरम लापरबाही र स्वास्थ्य असम्वेदशीलताको भर्त्सना गर्दछ।’
प्रेस विज्ञप्ती
नेपाल कम्युनिस्ट पार्टी (एमाले )को नेतृत्वमा रहेको वर्तमान सरकारको चरम लापरवाही, गैर जिम्मेवारपुर्ण रवैया र असंवेदनशील कार्यका कारण एकातिर देशको राजनीति अनिश्चित ,अन्योल र संकटग्रस्त देखिन्छ भने अर्को तिर कोरोना१९ महामारीको दोश्रो लहर संगै मानवीय जीवनको रक्षा गर्न सरकार असक्षम रहेको छ। कोभिड१९ को नया स्वरुपमा देखापरेको कोराना भाइरसको विश्वव्यापी असर अब विस्तारै छिमेकी मुलुक भारत हुँदै नेपालमा पनि द्रुतगतिमा देखापरिसकेको छ। कोभिड १९ को पहिलो लहरको तुलनामा यो नया स्वरुपको कोरोनाको असर सक्रमण र मृत्युदरको आधारमा अत्यन्त घातकरुपमा फैलिएको देख्न सकिन्छ । पिसीआर परिक्षण गरिएका करिव ४७ प्रतिशतमा कोरोनाको सक्रमण पुष्टि भएको पाइएवाट पनि कोभिड१९को महामारीको असर व्यापक र सघन हुने प्रस्ट छ। तर सरकार यस महामारी विरुद्धको लडाइलाई प्रभावकारी वनाउनुको साटो सत्ताको झिनाझपट मै अलमलिएको देखिन्छ। कोभिड१९को रोकथाम र नियन्त्रण गर्न आवश्यक कदम चाल्नुको साटो विधमान स्वास्थ्य प्रणालीले कोराना नियन्त्रण गर्न नसक्ने औपचारिक घोषणा गरि जनतामा ढाडस होइन सन्त्रास फैलाउन र आफ्नो जिम्मेवारीवाट भाग्ने प्रयास गर्दैछ। वढदो संक्रमण नियन्त्रण गर्न संघ , प्रदेश र स्थानीय तह विच समन्वय गरि आईसोलेसन केन्द्र, क्वारेन्टाइन र होल्डिङ्ग सेन्टरको निर्माण गर्न सरकार असफल भएको छ । दिन प्रती दिन वृद्धि भैरहेका संक्रमितहरुको उपचारकालागि आवश्यक अस्पताल वेड,आइसु वेड, भेन्टिलेटर लगायतका स्वास्थ्य पुर्वाधार , अक्सिजन र अत्यावश्यक स्वास्थ्य सामाग्रीको जोहो गर्न समेत सरकार असफल देखिन्छ। त्यस्तै कोरोना महामारीको मौका छोपेर वजारमा आवश्यक बस्तुहरूको अभाव शृजना गरि मुल्य बृद्वी र कालाबजारी गर्ने कार्यलाई रोक्न सरकारले आवश्यक पहल कदमी लिन नसकेको देखिन्छ ।
सरकारले भारतसङ्ग सिमा जोडिएका नाकामा हेल्थ डेस्क स्थापना गरि कोरोनाको एन्टीजेन परिक्षण गर्ने गरेको दावी गरे पनि नेपाल प्रवेश गर्नेहरुमध्ये शंकास्पद व्यक्तीको मात्र एन्टीजेन परिक्षण गर्ने , होडीङ्ग सेन्टरमा राख्दै नराखी सम्बन्धित ठाउँ पुर्याउने कार्यवाट देश को कुनाकुना कोरानाको संक्रमण फैलिएको रहेको छ भने सबै स्थानीय तहसङ्गको समन्वयमा कन्ट्रयाक ट्रेसिङ्ग गर्ने काम पनि यसपटक ठप्प देखिन्छ।
अघिल्लो वर्ष २०७६ सालको पुस महिनामा नै शुरू भएको कोरोना महामारीले व्यापक रूपमा जनधनमा पुर्याएको क्षति र मुलुकको अर्थतन्त्रमा पारेको नकारात्मक असरलाई यो सरकार नजरअन्दाज गरेको , पार्टीको आन्तरिक द्वन्दलाई मात्र महत्व दिएर विभिन्न स्थानहरूमा आमसभा, भेला गर्ने , शिलान्यास र उद्घाटन को नाममा प्रधानमन्त्री आफै भिड जम्मा गर्न उद्धत रहेको कारण पनि कोराना संक्रमण वढाउन सरकार आफै जिम्मेवार रहेको देखिन्छ ।
सरकारको यो गैर जिम्मेवारपुर्ण रवैया ,चरम लापरबाही र स्वास्थ्य असम्वेदशीलताको भर्त्सना गर्दै स्थानीय तह र प्रदेश सङ्गको समन्वय मा सबै स्थानीय तहमा आवश्यक आधारभुत संरचना, अस्पताल वेड, आइसीयु वेड, आइसोलेसन केन्द्र, क्वारेन्टाइन र होडिङ्ग सेन्टरको व्यवस्थापन ,संचालन र अनुगमन गर्नका साथै केन्द्र र प्रदेशमा रहेका ठुला अस्पताल , मेडिकल कलेजलाई कोभिड र साना अस्पताललाई ननकोभिड अस्पतालकोरुपमा विकसित गरि आवश्यक वेड, आइसियु वेड र भेन्टीलेटरको संख्या वृद्धि गर्न, अक्सिजन प्लान्टको स्थापना गर्न र कोभिडको उपचारमा प्रयोग हुने एन्टीभाइरल औषधी तथा अन्य जीवनरक्षक औषधीको यथोचित प्रबन्ध गर्न नेपाल सरकार समक्ष माग गर्दछ। साथै स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन यथाशीघ्र संघ ,प्रदेश र स्थानीय तहको समन्वयमा आवश्यक चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई करारमा भर्ना गर्ने प्रक्रिया अगाडि वढाउन आग्रह गर्दछ। यस महामारीको कठिन घडीमा अग्रपंक्तिमा रहेर संक्रमितहरुको उपचार र व्यवस्थापनमा कार्यरत चिकित्सक , स्वास्थ्यकर्मी, चालक, सफाईकर्मी सहित सबै तह र तप्काका राष्ट्र सेवक कर्मचारी ,सुरक्षाकर्मीहरुको विमा तथा जोखिम भत्ताको व्यवस्था तत्काल गर्न जोडदार माग गर्दछ। त्यसैगरि सिमा नाकावाट स्वदेश भित्रिरहेका नागरिकहरुलाई अनिवार्य पिसिआर परिक्षण गर्ने, परिक्षणको नतिजा नआउन्जेल होडिङ्ग सेन्टरमा राख्ने व्यवस्था गर्न र संक्रमण देखिएका व्यक्तीहरुलाई स्थानीय तहको समन्वयमा आईसोलेसन केन्द्रमा राख्ने व्यवस्था गर्नका साथ सवै तहमा नेपालवाहिरवाट आउने व्यक्तीहरुको अभिलेख अधावधिक राख्न, संक्रमितहरुको पहिचान र कन्ट्राक्ट ट्रेसिङ्ग कार्यलाई प्रभावकारीरुपमा कार्यान्वयनमा ल्याउन संबंधित सबै निकायलाई आग्रह गर्दछ।
अन्त्यमा ,कोभिड १९ महामारीका नियन्त्रण गर्न लगाइएको लकडाउनको कारण सम्पुर्ण व्यापार ,व्यवसाय वन्दको अवस्थामा छ्न। लकडाउनका कारण रोजगार गुमाएको आम नागरिक , श्रमिक र साना व्यवसायीहरुले भोग्नुपरेको पिडालाई मध्यनजर गर्दै आवश्यक राहतको प्याकेज यथाशीघ्र ल्याउन माग गर्दै संकटको यस वेला कोभिड १९ महामारी विरुद्ध एकवद्ध भै लड्न नेपाली कांग्रेसका सबै तह र तप्काका साथीहरुलाई संक्रमितहरुको पहिचान , उपचार र व्यवस्थापनमा खटिन हार्दिक आव्हान गर्दछु।
साथै स्वास्थ्य पुर्वाधार र स्वास्थ्य सामग्रीको अभावमा भोग्नुपरेको कठिनाइलाई ख्याल गर्दै सबै प्रकारका सार्वजनिक र सामुदायिक स्थल,सभाहल,रंगशालालाई क्वारेन्टाइन ,आइसोलेसन केन्द्र र होडिङ्ग सेन्टरको रुपमा उपयोग गर्ने कार्यमा अगुवाइ गर्न तथा आवश्यकता अनुसार पार्टीकै संरचनालाई समेत सो कार्यको प्रयोजनकालागी उपयोग गर्न आवश्यक पहलकदमी गर्न समेत आग्रह गर्दछु।लोकपाटी बाट




















