–सुष्मा राई
१. महाधिवेशनबाट जितेर आएकाहरुलाई जिम्मेवारीबाट मुक्त गरिदिने र नेतामात्रै होइन मान्छे नै नगन्ने।
२. पराजितहरु, गुण्डाहरु र अवसरवादीहरुलाई खोजी – खोजी महत्वपूर्ण जिम्मेवारी दिने, आफूलाई राजनायक र राजनेताका रुपमा प्रचार गर्न खटाउने।
३. गुटको भेला गरेर निर्णय गर्ने र पार्टीले निर्णय गर्यो भनिदिने।
४. पार्टी विधान मिचिदिने, गुटकै बैठक बसाएर संसोधन गरिदिने र विधी, पद्धति र परम्पराको धज्जी उडाइदिने।
५. हुक्के, ढोके, लोभी र पापीहरुको पद सुरक्षीत राखेर लोकप्रिय एवं वरिष्ठ नेताहरुलाई पद मुक्त गर्ने।
५. निर्वाचित सांसदलाई कारबाही भोग्नका लागि चेतावनी दिने, पद एवं पैसाको प्रलोभन दिने र विवेक शून्य लम्पटहरु बोकेर हिंड्ने।
६. मन्त्री, मुख्यमन्त्री, विभिन्न पद तथा अवसरहरु अयोग्य भक्तहरुलाई वितरण गर्ने र कुर्सी हल्लिँदा खनाल – नेपाल समूहको सम्झना गर्ने।
७. अरु नेताहरुले पार्टी निर्माणमा पुर्याएको योगदानको मतलब नगर्ने र पार्टीलाई आफ्नो करेसाबारी तथा बारदली ठान्ने।
८. पार्टीकै लोकप्रिय नेताहरुको बद्ख्वाँइ गर्न साइबर स्यालहरु परिचालन गर्ने, गाली गर्न सिकाउने र टुक्के प्रशिक्षण दिने।
९. पार्टीमा विचार, सिद्धान्त, कार्यक्रम र त्यसलाई व्यवहारमा जोड्न नदिने र रोक्ने।
१०. जाली, फटाह, अपहरणकारी, जग्गा दलाली र कमिसन खोरीहरुको व्यापक विस्तार गर्ने, भींड जम्मा गर्ने र मान्छे खरिद गर्ने कला सिकाउने।
लोकपाटी बाट




















