काठमाडौं,८ जेठ । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले एउटा अँध्यारो युगको सुरुवात भएको बताएकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतिनिधिसभा विघटन गरी मध्यावधि चुनाव घोषणा गरेपछि उनले सामाजिक सञ्जाल ट्विटरमार्फत यस्तो प्रतिक्रिया जनाएकी हुन्।

आफूहरुले अन्तिम समयसम्म संसद जोगाउन चाहेपनि खराब नियतिका मान्छेहरूको षड्यन्त्रको सामु केही नलागेको उनको भनाइ छ ।

नेतृ झाँक्रीले कोरोना माहामारीको यस्तो डरलाग्दो अवस्थामा खोप,अस्पताल, औषधि, वेड, अक्सिजन, आईसीयू, भेन्टिलेटर नपाएर जनताले छटपटाई छटपटाई ज्यान गुमाउदा पनि सरकारको ध्यान जान नसकेको बताइन् ।

यो सत्ताको अपराधिकरण भएको भन्दै उनले ट्विटरमार्फत भनेकी छन्– यस्तो बेला चाहिएको छ महाराज महारानीलाई चुनाव? जनताले हिसाबकिताब त पक्कै राख्नेछन्।”

186498515_492695828641382_8045695989941226714_n