काठमाडौं, १७ जेठ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले स्थायी कमिटी बैठक डाकेका छन्। बैठक बिहान १० बजे बालुवाटारमा बस्ने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। यसअघि आइतबार साँझ ५ बजे बोलाइएको स्थायी कमिटी बैठक बस्दै नबसी स्थगित भएको थियाे।

बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षासँगै देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने १२ सांसदसँग मागिएको स्पष्टीकरणका सन्दर्भमा थप कारवाही गर्ने बताइएकाे छ।

वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष भीम रावलसहितलाई पार्टीबाट निस्काशन गरेकाे एमालेले थप १२ नेतालाई स्पष्टीकरण साेधे पनि धेरैजसाले जवाफ दिएका छैनन्।