मधेसवादी लगाएत केही जातीय मुद्दा उठाउदै आएका दलहरु तथा जातीय संस्थाहरुले बहुराष्ट्रीय राज्यको माग जोड्दार संग उठाईरहेको र यी मागहरु पुरा नभएको भन्दै हिजो संविधान जारी गरे पछि ती मधेसवादी जातीवादी तथा क्षेत्रीय दलहरूले संविधान नै जलाएका थिए ।
नेपाल बहुजातीय बहुभाषिक बहुधार्मिक देश हो भन्दै उनीहरुले बहुराष्ट्रीय राज्यको माग उठाउदै आएका छन । बहुराष्ट्रीय राज्यको अभ्यास संसारका कतिपय विकसित मुलुकहरुले गर्दै आएको पाईन्छ।तर ती देशहरुलाई आफ्नो राष्ट्रलाई एकताबद्ध बनाईराख्न कठिन परिरहेको छ ।
उप -प्रधानमन्त्रीको सपत लिए पछि जनता समाजवादी पार्टी नेपाल का नेता राजेन्द्र महतोले बहुराष्ट्रीय राज्यको विषय उठाएर आफ्नो पार्टी सरकारमा आएको र त्यो मुक्ति आन्दोलन मार्फत नेपाललाई बहुराष्ट्रीय राज्यको रुपमा सरकार र सडक संघर्ष बाट प्राप्त गरेर छोड़ने संकेत गरे ।
वेलायत इथोपिया इराक श्रीलंका नाइजेरिया लगाएतका देशहरु बहुराष्ट्रीय राज्यको अभ्यास को क्रममा विभाजन को चुनौती झेलिरहेका छन।
उपप्रधानमंत्री महतोको बहुराष्ट्रीय राज्य बनाउने अठोट र सरकारले जारी गरेको नागरिकता सम्बन्धी अध्यादेश जुन भारतीय मुलका नागरिक लाई पनि सजिलै सलाई किने जस्तो तरिकाले नागरिकता दिने कुराले प्रधानमंत्री केपी शर्मा ओली प्रधानमंत्री को कुर्सी जोगाउन नेपाल लाई बेच्न पनि पछि पर्दैनन भन्ने कुराको संकेत दिन्छ र ओली जतिको राष्टघाटी प्रधानमंत्री नेपालमा हिजो पनि थिएनन र भोली पनि जन्मदैनन भन्ने स्पष्ट देखिन्छ ।
बहुराष्ट्रीय राज्यको अभ्यासको दौरानमा सोभियत संघ रुस चेकोस्लोभाकिया युगोस्लोभाकिया भारत लगाएतका देशहरू विभाजित भएका थिए ।यही बहुराष्ट्रीय राज्यको अभ्यासले हाम्रो छिमेकी राष्ट्र भारत विभाजित भएर पाकिस्तान र बंगलादेश बन्यो । रुस यति विशाल थियो कि उसको भूमि मा कहिल्यै सूर्यास्त हुदैन्थ्यो । युगोस्लाविया चेकोस्लोवाकिया पनि विशाल थिए तर बहुराष्ट्रीय राज्यको अभ्यास गर्दा गर्दै पृथकतावादी हावी हुदै चीरा चीरा परे ।
महतोले अहिले बहुराष्ट्रीय राज्य बनाउने मुख्य एजेंडा भएको अभिव्यक्ति दिएपछि उनले भविष्यमा मधेश लाई नेपाल बाट अलग गरेर छुट्टै अर्को देश वा राष्ट्र बनाउने संकेत गरेकोले महतोको अभिव्यक्ति को हामी सवै राष्ट्रप्रेमी नेपाली हरुले कड़ा विरोध तथा प्रतिकार गरौं र मोदीका कारिन्दाहरु महतो र ओलीलाई बेलैमा सरकार बाट मात्र होइन नेपाल बाटै लखेटौ ।




















