काठमाडौं,२४ जेठ । नेकपा एमाले माधव समुहका नेता रामप्रसाद रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीको व्यवहार र गतिविधि हेर्दा स्वस्थानी कथाको दैत्यहरुको याद आएको टिप्पणी गरेका छन । अनलाइन सगरमाथा सँग कुराकानीमा नेता रिजालले यस्तो टिप्पणी गरेका हुन ।
उनले भने, ‘कमजोर हुँदा देउताहरुको शरणमा पर्ने र बलियो हुदा देउताहरुलाई लखेटेर मार्ने मार्न नसके घरबाट वा देउताहरुको राज्यबाट लखेटेको जस्तो व्यवहार अहिले ओलीले नेपाल खनाल पक्षलाई गरेको छ ।’
ओली बलियो हुँदा नेपाल खनाल समूहलाई पार्टीबाट निकाले कारवाही गरेको भन्दै नेता रिजालले ओलीले पार्टीको विधी सिद्धान्त अनुसासन मिचेको आरोप लगाए । उनले भने, ‘संसद पनि २ चोटी विघटन गरे ओलीले अति नै गरिसकेले ओलीको अन्त हुन आटेकोले पार्टी एकता को पुनः नाटक ओलीले गरिरहेका छन । त्यसो भएकोले माधव खनाल समूह ओलीसंग झुक्नु हूदैन सर्वोच्चमा गरेको हस्ताक्षर फिर्ता लिनु हुदैन ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताको लागी प्रधानमन्त्री बाट राजीनामा दिनुपर्ने र संसद विघटन फिर्ता लिनुपर्ने तर्क नेता रिजालले गरे । उनले भने, ‘एमालेका वरिष्ठ नेता कमरेड माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाए एमाले एकताबद्ध हुने छ ।’ त्यस्तै ओलीले आगमी अधिवेशनबाट एमाले अध्यक्ष छोडेर स–सम्मान नेता नेपाल लाई अध्यक्ष हस्तान्तरण गर्नुपर्ने नेता रिजालले बताए ।
उनले भने, ‘ओली कम्युनिस्ट आन्दोलन लाई नै समाप्त पार्ने र संघीय लोकतांत्रिक व्यवस्थालाई पनि समाप्त गरी राजतन्त्र फर्काउने वा ओलीमा आफै राजा हुने महत्वकांक्षा बढेकोले ओलीसँग पार्टी एकताको नाममा समय खेर नफाल्न म नेतृत्व लाई विनम्रता को साथ अनुरोध गर्छु ।’
ओलीको जालमा नफस्न नेपाल खनाल पक्षका नेताहरुलाई अपील गर्दै नेता रिजालले भने, ‘ओली बिनाको वृहत कम्युनिस्ट पार्टी बनाउने अभियानमा सरिक हुन सवैलाई हार्दिक अपील गर्दछु ।’




















