काठमाडौं,२७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। सात मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्दै प्रधानमन्त्री ओलीले बिहीबार मन्त्रिपरिषद् विस्तार गरेका हुन्।
नयाँ थपिने मन्त्रीहरुमा गृहमन्त्रीमा खगराज अधिकारी, सञ्चारमा नैनकला थापा (वादल पत्नी), वनमा नारदमुनि राना, कृषिमन्त्रीमा ज्वालाकुमारी शाह, उद्योगमा राजकिशोर यादव, सामान्य प्रशासनमा गणेश पहाडी, रक्षामन्त्रालय प्रधानमन्त्री आफैँ, प्रधानमन्त्री कार्यालय रहने गरी मोहन बाँनिया र वन राज्यमन्त्रीमा आशा विक रहेका छन्।
नव नियुक्त मन्त्रीहरूलाई आजै शपथ गराउने तयारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। नयाँ थपिने मन्त्रीहरुले आज दिउँसो ४ बजे शपथ लिनेछन्।
गत शुक्रबार प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी (जसपा) का महन्थ ठाकुर-राजेन्द्र महतो पक्षबाट ८ मन्त्री र २ राज्यमन्त्री थपेका थिए।




















