काठमाडौं,६ असार । कांग्रेस सभापति शेरबहादुर देउवालाई नेता कृष्ण सिटौलालाई कार्यवाहक सभापति दिएर अघि बढ्न उनी निकट नेताहरुले सुझाव दिएका छन्। देउवाले आइतबार वाग्मती प्रदेशका केन्द्रीय सदस्यहरुसँग छलफल गरेका थिए।

नेता भिमसेनदास प्रधानले सभापति देउवालाई सिटौलालाई कार्यवाहक दिएर अघि बढेमा महाधिवेशनमा नेतृत्व लिन सहज हुने नभए गाह्रो अवस्था रहेको सुझाव दिएका थिए।

उनले निधिले साथ नदिने स्पष्ट पारिसकेपछि सिटौलालाई नै अघि बढाउँदा सहज हुने सुझाव दिएको एक नेताले जानकारी दिए।

भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका बनेसँगै आफ्नो समूहका नेताहरुसँग छलफल थालेका देउवाले आइतबार बागमती र गण्डकी प्रदेशका केन्द्रीय सदस्यलाई आफ्नै निवास बुढानीलकण्ठमा बोलाएका थिए। भेटमा नेताहरुले संस्थापन समूहबाट सभापतिमा एउटै उम्मेदवार हुनुपर्नेमा जोड दिएका छन् ।लोकपाटी बाट