✍️ देउजा राधाकृष्ण 

सर्वोच्च अदालतले दुइ पार्टी मिलेर बनेको नेकपालाइ एमाले र माओवादीमा विभक्त गरेपछि नेकपा हुँदासम्मको दरिलो एकता छोडेर माओवादीका मित्रहरुलाइ छोडेर एमालेमा सक्रिय हुन फर्कने माधव नेपाल अनि त्यही सर्वोच्च अदालतले एमाले भनेको त्यसको माहाधिवेशन बाट निर्वाचित केन्द्रिय कमिटि र त्यसको निर्णयमा चल्ने पंक्ति हो भनेर भन्दा “त्यस्तो हैन, एमाले भनेको त भएको मन्त्री पदमा टिक्न, मन्त्री हुन वा आफ्नो श्रीमती समेतलाइ मन्त्री बनाउन माओवादी छोडेर आएकाहरु समेतलाइ मनोनित गरेर बनाइएको कथित आयोजक कमिटि हो” भन्ने केपी ओली ।

सर्वोच्च अदालतले अव नेकपा रहेन एमाले र माओवादी अलग अलग भयो भन्दा खुसि खुसि एमाले हुने माधव नेपाल अनि एमालेको महाधिवेशन बाट निर्वाचित केन्द्रिय कमिटिको निर्णयमा चल्ने मात्रै एमाले हो भन्दा त्यस्तो हैन भगौडा माओवादी समेत मिसिएको आफ्नो गुट भक्तहरुको पंक्ति मात्रै एमाले मानिनु पर्छ भन्दै पुनरावलोकनमा जाने केपी ओली । आफैं छुट्याउनु असली एमाले को हो ? अनि बुझ्नु एमालेको एकताको पक्षमा को छ , माधव नेपाल की केपी ओली ?