पंचायतकालमा जनपक्षीय उम्मेदारहरुको रणनीति हुन्थ्यो पंचायत भित्रै पसेर पंचायत को भण्डाफोर गर्ने या पंचायत लाई ध्वस्त पार्ने केपी ओलीले ठ्याक्कै यही रणनीति अपनाएका छन । पहिले देखि गणतंत्र संघीयता र धर्मनिरपेक्षताका विरोधी ओली काकताली र अन्य नेताहरुको मुर्खताको कारण सत्तामा हाबी भए । गणतंत्र भित्रै छिरेर गणतंत्र ध्वस्त पार्ने ओलीको रणनीति स्पष्ट भैसकेको छ । संसद ओलीले दोस्रो पटक पनि विघटन गरीसके संविधान लाई ओलीले कागजको खोस्टोमा परिवर्तन गर्न खोजीरहेका छन ।
राष्ट्रपति ओलीको कठपुतली भएकी छिन ।जसले गर्दा गणतंत्र प्रति नै जनतामा वितृष्णा जगाईएको छ जुन ओलीको चाहना नै हो । ओलीलाई जसरी पनि सत्तामा टिक्नु छ चाहे गणतंत्र भाडमा किन नजाओस ? पञ्चायत कालको अन्त पछी बहुदल आएको केही वर्षमै पुनः महा पञ्च हरु सूर्य बहादुर थापा र लोकेन्द्र बहादुर चन्द प्रधानमंत्री भए । पूर्व मण्डले हरु धमाधम मन्त्री भए र उनीहरुले बहुदलीय व्यवस्था नै बदनाम गरे । सत्ता समीकरण को सोही कालखण्डमा पजेरो काण्ड सुरा सुन्दरी काण्ड लगाएत सांसद खरीद बिक्री का अनेक काण्ड हरु घट्नुमा पूर्व मण्डलेहरुको भूमिका थियो ।
त्यस्तै गणतंत्र आएपछि पनि अहिले ओली जस्ता गणतंत्र विरोधी हरु बयलगाडा सिद्धांत का मालिक हरु माओवादी को वैशाखी टेकेर ओली र विधा हरु एकाएक सत्ता राजनीति को शिखरमा पुगे जसले गर्दा प्रतिगामी शक्ति हरुले खेल्न मौका पाउन थाले । सायद अहिले ओलीलाई प्रधानमंत्री र विधा लाई राष्ट्रपति बनाएकोमा प्रचण्ड पुर्परोमा हात राखेर पश्चाताप गरिरहेका छन । त्यस्तै माधव कुमार नेपाल झलनाथ खनाल शेर बहादुर देउवा लगाएत नेताहरुले पनि ओली यति तल्लो स्तरमा नाङ्गै हिड्छन भन्ने कल्पना समेत गरेका थिएनन होला ।
अब नक्कली राष्ट्रवादी नक्कली लोकतन्त्रवादी र सत्ता को लागि जे जस्तो असंवैधानिक कदम उठाउने ओली आफू कुर्सी मा बस्न नपाए बरु भांचिदिने अरुलाई बस्न नदिने धन्दुकारी स्वभाव का ओलीलाई प्रधानमंत्री को कुर्सी बाट हटाउन जति ढिलो हुन्छ त्यति नै मुलुक संकट को दलदलमा फस्ने निश्चित छ ।




















