काठमाडौं,१० असार । नेकपा एमालेका नेता प्रभु साह सहभागी एक कार्यक्रममा झडप भएको छ। रौतहटको मौलापुर नगरपालिकाको नगरसभामा साह पक्ष र अरू दलका कार्यकर्ताबिच झडप भएको हो।

मौलापुर नगरपालिकाको पाँचौं नगरसभामा साह प्रमुख अतिथि थिए। नगरसभामा बजेट पेस गर्ने र विपक्षी पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले बताए। प्रहरीले झडप रोक्न अश्रु ग्यास पनि प्रहार गरेको छ।

केहीबेर अघिसम्म चार राउन्ड अश्रु ग्यास प्रहार गरिएको उनले बताए। भिड नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गर्नुपरेको उनको भनाइ छ। मौलापुरको मेयर रीनाकुमारी साह हुन्। प्रभु साह मेयर रीनाकुमारीका श्रीमान् हुन्।