✍️ रामप्रसाद रिजाल

जनकपुरमा ओलीले मोदीलाई गरेको लम्पसारवादी अभिनन्दन नेपाली झण्डाको अपमान भारतसंग अरुण लगाएतका नेपालको हित विपरीत समझौताहरु लिपुलेक सहितको नक्सा जारी गर्ने तर प्रकाशन गर्न रोक्ने हर्कत भारतीय दुतावासका कर्मचारी को चिट्ठी को भरमा विषादीयुक्त तरकारी नरोक्ने लगाएतका राष्ट्रघाटी निर्णय हरु ओलीले गरे ।

ओलीको राजेन्द्र महतो र महन्थ ठाकुर संगको अपवित्र गठबंधन नागरिकता संशोधन विधेयक चुरे सम्पदा बेच्ने निर्णय र मधेशवादी दलका वहमुत सदस्य हरु सम्मिलित मंत्रीमंडल गठनबाट ओलीको नक्कली राष्ट्रवाद निर्वस्त्र भैसकेको छ ।एमाले विभाजन को घोषणा भएको भोलीपल्ट ओलीलाई दुधमा डुवेको झिंगा फाले झै फाल्छन ।

अहिलेको भारत को मुख्य डिजाइन भनेको ओलीबाट प्रतिनिधि सभा विघटन गराउने त्यो पुरा भैसक्यो निर्धारित मिति कार्तिक मंसिरमा चुनाव नगराउने अनि संविधान लाई सकृय नबनाउने संविधान सकृय नबनाई सकेपछी राष्ट्रपति शासन लगाउने अनि अहिलेको संघिय लोकतांत्रिक व्यवस्था लाई कोल्याप्स गर्ने र कम्युनिस्ट हरूलाई कमजोर बनाएर भारतले आफ्नो उद्देश्य हरु पुरा गराउने र नेपाल लाई भारतको उपनिवेश जस्तो बनाउने भारत को योजनामा ओली र विधा भारतीय मतियारको रुपमा प्रयोग भैरहेका छन ।

भारतले नेपाल को मधेशमा विद्रोह नहोस भनेर संविधान जारी गराउन पहल गर्नु अस्वभाविक थिएन तर यसमा भारत को द्वैध रणनीति थियो । भारत स्वयंम मधेशवादी दलहरूलाई असंतुष्ट राख्न चाहान्थ्यो १२ बुंदे समझौता पछी नंया संविधान घोषणा नै पहिलो यस्तो नेपाल को राजनीति घटनाक्रम थियो जसमा भारतलाई वाइपास गरिएको थियो । तत्कालीन एमाले कांग्रेस र माओवादी हरु मिलेर जारी गरेको नंया संविधान प्रति भारत सन्तुष्ट थिएन ।

मधेसवादीका माग सम्बोधन गर्न कांग्रेस माओवादी केन्द्र लगाएत दलहरु सहमत नै थिए तर एमाले अध्यक्ष केपी ओलीले मधेश का जनतालाई युपी विहारका हुन भन्दै उग्र कटाक्षका साथ उपेक्षा गर्दै नंया संविधानमा मधेसका मागलाई समेट्न दिएनन । संविधान जारी पछी मधेशवादी दलहरु असन्तोषजनक भएको घटनामा भारतले नेपालमा अघोषित नाकावन्दी गराईदियो । ओली भर्सेज मधेशवादी दल र भारत जस्तो परिस्थिति बन्यो।

नाकावन्दी पछी नेपालमा भारत विरोधी भावना उग्र रुपमा बढ्यो यसैबेला ओलीले आफूलाई महान राष्ट्रवादी सावित गर्ने मौंका पाए ।भारत को नाकावन्दीको खास उद्देश्य भनेको नेपाली को राष्ट्रवादी भावानाकै जगमा आफ्ना सेवक नोकर ओलीलाई स्थापित गर्ने चाल थियो । भारतले बुझेको थियो नेपाली हरुमा उग्र राष्ट्रवादी भावना छ यही भावना लाई बुझेर सच्चा राष्ट्रवादी लाई सत्ता मा आउन दिनु भन्दा आफ्नो वफादार सेवक ओलीलाई नै किन नेपाल को सत्तामा स्थापित नगर्ने ?

नेपाली राष्ट्रवादी संवेदना भजाएर ओली जस्ता नक्कली राष्ट्रवादी राष्ट्रघाटी भारतका दास लाई भारतले नेपालको सत्तामा स्थापित गर्यो जसको परिणाम अहिले हामी सबै राष्ट्रप्रेमी नेपाली हरुले खेपिरहेका छौ । ओली भारत को निर्देशन मा संघिय लोकतांत्रिक व्यवस्था लाई नै समाप्त पार्न न्वारन देखिको बल लगाईरहेका छन ।