काठमाडौं,१३ असार । नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा एमालेको ९ औँ स्थायी कमिटी बैठक सकिएको हो।
बैठकपछि पार्टी प्रवक्ता प्रदिप ज्ञवालीले बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफलदेखि १० औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउनेसम्मका निर्णयहरु भएको जानकारी दिए।
आजको बैठकमा पार्टी एकताका लागि भइरहेका प्रयासहरका बारेमा समेत छलफल भएको उनले बताए। त्यसैगरी पार्टी एकताका लागि उच्च तहमा छलफल गर्नका लागि पार्टीको १० औँ महाधिवेशन आयोजक कमिटीको बैठक असार १६ गतेका लागि बोलाइएको छ। एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई बाध्यात्मक अवस्था आएर कारवाही गरेको समेत उनले बताए।




















