सम्माननीय प्रधानमन्त्री केपी ओलीले पदीय गरिमा अनुसार नभएर वहाँको व्यक्तित्व अनुसार आज माधव नेपाल लगायत नेताहरुलाइ भरमग्दुर गाली गर्नु भएछ ।
वहाँले के के भन्नु भयो भनेर आफ्नै स्तर कसैले नघटाउँ तर त्यसो गरेर वहाँले पहिलो आफ्नो व्यक्तित्व कस्तो हो भन्ने प्रष्ट पार्नु भयो भने दोश्रो जे जसरि हुन्छ नेपालमा अस्थिरता मच्चाउनु पर्छ भन्नेहरुलाइ सहयोग पुर्याउन एमाले एकताको सम्भावनालाइ असम्भव बनाउने आफ्नो नियत प्रष्ट पार्नु भयो भन्ने चाहीं बुझौं । खैर जे होस जसले जे जनेको छ त्यही गर्ने हो , ठिकै छ ।
जनताबाट एक्लो हुँदै गएको व्यक्तीले गरेको अर्थहीन गालीलाइ महत्व नदिकन सत्यलाइ मात्रै उजागार गर्ने हो भने आफुले ओगटीरहेको पदमा आफु टिकिराख्न जे पनि गर्ने केपी ओली भन्दा आफुले समेत भएर बनाएको नीति सिद्धान्त कार्यक्रम र विधि विधानको पक्षमा उभिंदा भएको सवै त्याग्न तयार माधव नेपालहरु लोकतन्त्र र विधिको शासनको पक्षधर सचेत जनताको सर्वप्रिय नेता बन्नु भएको छ ।
नेत्र पौडेल अभागीले एक साहाशिक योद्धाको कल्पना गर्दै लेखे झैँ पहाडको चुचरो माथि आँधि र हुरीसँग पैठेजोरी खेल्दै उभिने सतिसाल झैँ ठिङ्ग उँभिन सक्ने माधव नेपाललाइ गाली गरेर कम्जोर पारौंला भन्नेलाइ कठैबर नै मात्रै भनौं होला ।




















