काठमाडौं, १५ असार । नेकपा एमालेका प्रभावशाली नेता रामप्रसाद रिजालले एमालेका वरिष्ठ नेता तथा पुर्व प्रधानमंत्री माधव कुमार नेपाल लाई अपशब्द प्रयोग गरेको प्रति कडा आक्रोश व्यक्त गरेका छन।

अनलाईन सगरमाथा संग कुरा गर्दै रिजालले ओली जस्ता असभ्य संस्कार नभएका छुद्र स्वभाव का व्यक्ति प्रधानमंत्री र एमालेका अध्यक्ष हुनु मुलुककै शिर निहुरेको र ओलीले गर्दा प्रधानमंत्री पदकै बदनाम भएको भन्दै नेता रिजालले कम्युनिस्ट आन्दोलन का धरोहर शान्ति प्रकृयाका हिमयाती कमरेड माधव कुमार नेपाल संग ओली जस्ता दुई नम्बरी चरित्र भएका व्यक्ति को तुलना हुन नसक्ने भन्दै रिजालले नेता नेपालले ओलीको जस्तो व्यवहार देखाएको भए ओली को राजनीति उहिल्ये नै सकेर उनी कम्न्डलु बोकेर अहिले भिक्षा देउ भिक्षा देउ भन्दै सडकमा हिडि रहेका हुन्थे ।

ओलीले बोले का अनैतिक कुराले ओली शारिरिक रूपमा भन्दा मानसिक रुपमा झन कमजोर भएकोले प्रधानमंत्री ज्यूको मानसिक स्वास्थ्य परीक्षण गर्न अस्पताल लैजान उनका निजी चिकित्सक लाई विनम्र अनुरोध गर्दछु ' नेता रिजालेले भने ।