काठमाडौं,१६ असार । विपक्षी एमालेले स्थायी कमिटी बैठक बोलाएको छ। नेतृ अष्टलक्ष्मी शाक्यकीअनुसार बैठक बिहीबार बस्नेछ। ‘बैठकले आज बालुवाटारमा भएको निर्णयबारे छलफल गर्नेछ,’ शाक्यले भनिन्- ‘त्यसपछि एउटा निष्कर्षमा पुग्छौँ।’

बालुवाटारमा बुधबार (आज) बसेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले पार्टीलाई ०७५ जेठ २ कै अवस्थामा पुर्याउने र पुरानै कमिटीको बैठक बोलाउने निर्णय गरेपछि विपक्षी एमाले पनि छलफलमा जुटेको हो।

यसअघि विपक्षी एमालेले आफ्नो बटमलाइनको रुपमा ‘सबै पार्टी कमिटी जेठ २’ कै अवस्थामा आउनुपर्नेलगायतका बुँदालाई अघि सारेको थियो।