✍️ शंकर पन्त

पछिल्लो समय प्रधानमन्त्री ओलीले एमाले एकता कायम राख्न २०७५ जेठ २ मा फर्किने निर्णय गरेको कुरा चर्चामा छ । यसले एकातिर ओली र उनको समुह एकता गर्न प्रतिबद्द छ भन्ने कुरा देखाउन खोजेको देखिन्छ भने अर्को तिर यस भन्दा पहिले ६ बुदे प्रस्ताव मार्फत जेठ ३ पूर्व फर्किने भन्ने कुरामा दुरासय थियो भन्ने कुरालाई पुस्टि गरेको छ ।

राजनीतिमा असम्भव त केही हुँदैन ! सम्भब छ ! तर मनमा तुष र दाउ साँधेर मनै सब थोक भनेर एकता गर्न खोज्ने कुरा असम्भव जस्तै हुन्छ । यदी साँचो मनले एकता गर्न खोजेको हो भने एकताको आरम्भको अघिल्लो दिन प्रधानमन्त्री जस्तो मान्छेले भैमा झरेर किन त्यती धेरै गाली गरेको ? आफु निर्वस्त्र भएर गाली गर्ने अनी उल्टै लाज सरम नभएको भनेर अरुलाई भन्ने कुरा सबै नेपालीले बुझेका नै छन ।

जेठ २ मा फर्कने निर्णय गर्ने अनि कथित माहाधिवेशन आयोजक कमिटीको वैठक राखेर त्यसलाइ केन्द्रिय कमिटिमा रुपान्तरण गर्यौं भन्ने कुरा चाहिं अदालतले अवैध ठहर गरेको कमिटिलाइ वैध बनाउन सकिन्छ कि अनि मन्त्री हुन , मन्त्री भैरहन वा श्रीमतीलाइ मन्त्री बनाउन माओवादी छोडेर आएका केहि सहितको मनोनयनलाइ वैध बनाउने कोशिस वाहेक केहि हैन । साँचो अर्थमा एकता गर्न चाहने हो भने त २०७५ जेठ २ मा फर्किने बित्तिकै पार्टी महाधिवेशन बाट निर्वाचित सबै संरचना त्यही छ नि । केन्द्रिय कमिटी, स्थायी कमिटी, सचिबालय तिनिहरुले नै गर्ने होलानी सबथोक !

होइन दाउ थापेर घाऊ हान्ने हो भने यो एकताको नाटकको फेरी पनि कुनै अर्थ छैन । अर्थ केही कायर मान्छेहरुलाई हुन सक्छ जो नीति सिद्धान्त सबै त्यागेर पनि यो एकता भएन भने सबथोक खतम हुन्छ भन्ने लागेकोछ । तर त्यो सत्य होइन । खतम त भैनै सक्यो ।अब केही बाँच्छ कि भन्ने हो त्यो पनि लर्खराएर । यदी अन्तरमनले बैचारिक र व्याबहारिक रुपमा ब्यापक परिवर्तन र पार्दर्शीता सहित विधिवत रुपले एमाले एकतावद्ध नहुने हो भने नीति सिद्धान्त र आदर्श विहिन पार्टीले राष्ट्रको नेत्रित्व गर्न सक्दैन भन्ने निष्कर्ष सहित नया सिर्जनामा लाग्नु पर्छ ।

सबैले बबुझ्नु पर्छ कि असत्य र गलत बाटोको पछि दुइटा कारणले मात्रै लागिन्छ एक डर दोश्रो लत । जस्तै उधाहरणको लागि जतिसुकै खराब भएपनि निरङ्कुश शासकका पछी पनि धेरै मान्छेहरु लागेको देखिन्छन , त्यो डरले गर्दा हो । अनि धुम्रपान स्वास्थको लागि हानिकारक छ भन्ने कुरा सबैलाई थाहा छ तरपनि असँख्य मान्छेहरु त्यसैमा लम्पट हुन्छन ! यो चाहिं लतले गर्दा हो । केपी ओली प्रतिको समर्थन पनि कसेको लत हो भने धेरैको लागी डर हो । भनिन्छ नि तपाईंलाई स्वार्थ र लत दुबैको प्रभाव पर्‍यो भने तपाईंको अन्तिम सत्य नै त्यही हुन्छ जो तपाईंलाई लागेकोछ ! बाँकी सबै धुर्ब सत्य कुराहरु पनि झुठा लाग्छन । आशा गरौँ केपी ओलीको पक्षमा लतले लागेकाहरुको लत छुटोस अनि डरले ग्रस्तहरुको डर घटोस ।