काठमाडौँ,१९ असार । नेकपा एमालेका नेताहरूलाई मिल्न दबाब दिँदै काठमाडौँको चन्द्रागिरि नगरपालिकाका जनप्रतिनिधिहरूले प्रदर्शन गरेका छन् । शनिबार चन्द्रागिरिका एमाले तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूले मुलुकको समृद्धिका लागि एमालेका नेताहरू एकतावद्ध हुनुपर्ने भन्दै प्रदर्शन गरेका हुन् ।

प्लेकार्डसहित प्रदर्शन गरेका उनीहरूले समृद्धिका लागि एमालेको एकता अपरिहार्य रहेको बताएका छन् । सिंगो एमाले हाम्रो चाहना, जनताको बहुदलिय जनवाद जिन्दवाद लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो । प्रदर्शनमा उत्रिएका जनप्रतिनिधिहरूले एमालेलाई एकढिक्का बनाउन अव मुलुकभरिबाट दवाव दिनुपर्ने धारणा राखेका थिए ।

उनीहरूले अहिलेको अवस्थामा अध्यक्ष केपी शर्मा ओली र माधव कुमार नेपाल लगाएतका नेताहरू एक भएर अघि बढ्नुपर्ने बताए । चन्द्रागिरि नगरपालिका वडा नंवर १ का अध्यक्ष राजेन्द्र केसीले नगरपालिकाका १ देखि १५ सम्ममा एमाले तर्फका जनप्रतिनिहरू एमालेलाई एकढिक्का बनाउनका लागि दवावमुलक कार्यक्रममा उत्रनुपरेको बताए । उनीहरूले एमालेलाई एकतावद्ध बनाउनका लागि हरसम्भव दवाव दिने अभियानमा निरन्तर लाग्ने र यसलाई देश व्यापी बनाउने बताएका छन् ।