श्रद्धय कमरेड माधव नेपाल
सादर अभिवादन,

लामो भूमिका नाबाँधिकन सिधै लेखौँ होला जस्तो लागेको छ । अहिलेको वर्तमान राजनीतिक अवस्थामा तपाईं अत्यन्त असहज अवस्थामा हुनुहुन्छ भन्ने सहजै बुझिएको छ र संगसंगै यो अप्ठेरो तपाईंको निजि कारणले पैदा भएको हैन भन्ने पनि प्रष्ट बुझिएको छ । हो तपाईंले साँचो अर्थमा विधि र पद्दतिको पालनाको पक्षमा आफुलाइ इमान्दारी साथ उभ्याउनु भएको छ । जनताको प्रतिनिधिहरुले बनाएको देशको संविधान त्यसले प्रत्याभूत गरेको लोकतान्त्रिक व्यवस्थाको पक्षमा उभिँदा तपाई माथि भएका सबै खालका आक्रमणहरुको प्रवाह नगरिकन अगाडी बढने यहाँको दृढतालाइ पनि हार्दिक सलाम छ । तर यो सबै हुँदाहुँदै पनि आज तपाईं असहजतामा हुनु परेको देख्दा चाहिं आम रुपमा चिन्ता भएको छ ।

खास गरेर नेकपा एमाले पार्टीको असली आदर्श बर्करार राख्दै एकता जोगाउन चाहने तपाईं अनि कथित एकताको फण्डा गर्दै आफ्नै अवैधानिक , असंवैधानिक कदमलाइ स्थापित गर्न तल्लिन केपी ओलीको विचमा जारी संघर्षमा जे जसरि सत्ता र शक्तीको प्रभावको आधारमा कतिपयले मौनता साँधेको अनि कतिपय सबै अनुचितलाइ अनदेखा गरेर पनि कथित एकता जोगाउनु पर्ने जुन राग अलपाई गरिरहेका छन त्यसले आम रुपमा के कस्तो अन्योलता भैरहेको छ र तपाईंलाइ कति असहज बनाएको छ भन्ने बुझ्न गार्हो छैन । यद्धपि हाम्रो आशा छ कि सवैको कुरा सुन्ने र अत्याधिकले भनेको मान्ने हुनाले लोकतान्त्रिक चरित्रको विशिष्ट उधाहरण बन्न सफल तपाइँले निर्णयको दौरान समग्रतामा हेरेर , जनताको भावना बुझेर निर्णय लिनु हुनेछ । आफ्नो स्वार्थ, डर वा नालायकीको कारण नीति सिद्धान्त र आदर्श छोडेर कथित एकताको पक्षमा एकोहोरो राग अलापी रहेका केहिको भनाइलाइ नै सम्पूर्ण सत्य मान्ने अनि लोकतान्त्रिक व्यवस्था , कानुनि राज, र विधिको शासनको पक्षमा यहाँको नेतृत्वमा चलेको राजनीतिक संवैधानिक आन्दोलनलाइ अलपत्र पार्ने काम हुनेछैन ।

नेकपा एमाले बनाउन , हुर्काउन अनि अनेकन चुनौतीको सामना गरेर त्यसलाइ टिकाउन भूमिका खेल्नु हुने तपाईं सहितका नेताहरुलाइ एमाले छिन्न भिन्न नहोस भने चाहना छ भन्ने सवैले बुझेकै छन तर संगसंगै नीति सिद्धान्त , आदर्श सबैको तिलान्जली दिएर दम्भ र अहंकार बाट सृजित गलत कामलाइ अनदेखा गरेर गरिने एकताले एमालेको असली परिचय जोगाउन नसक्ने पनि प्रष्ट छ । त्यसैले कमरेड , यो असहजतामा पनि सदाझैं दृढ भएर उभिरहनुस , अन्तर पार्टीमा विधि पद्दतिको पक्षमा लडाइं अनि आम रुपमा लोकतन्त्र , कानुनि राजको पक्षमा चलेको लडाइंलाइ टुङ्गोमा पुर्याउनै पर्ने दाइत्व यहाँको काँधमा छ । जारि दृढतालाइ निरन्तरता दिनुस कमरेड जनता फेरी पनि अलोकतान्त्रिक दम्भीहरुको पक्षमा हैन निष्ठा इमान्दारीता सहित लोकतन्त्रको पक्षमा उभिनेहरुकै साथ हुनेछन ।