काठमाडौं, २० असार । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले ‘एक व्यक्ती, एक पद’ को अवधारणालाई पार्टी एकताको वटमलाईन वनाएका छन् । आफु निकट नेता÷कार्यकर्ताहरुहरुसँगको सल्लाहका क्रममा नेता नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष वा प्रधानमन्त्री छोडे पार्टी भित्रको समस्या समाधान हुने वताएका छन।
पार्टीलाई विधि र पद्धती भन्दा पनि ओलीले मनपरी तरिकाले काम गर्दा कम्युनिस्ट आन्दोलन नै संकटमा परेको नेता नेपालको वुझाई छ। जालझेल गर्ने, नक्कली कुरा गर्नेलगायत ओलीको किर्ते प्रवृत्ती नै एमाले एकताको बाधक भएको नेता नेपालले वताएका छन् ।
देश, जनता र गणतन्त्रको रक्षाका लागि जुनसुकै हदसम्म संघर्ष गर्नु परेपनि आफु तयार भएको उनले आफु निकटका नेताहरुसँग वताउँने गरेका छन् । ‘ओलीको अत्याचारबाट मुक्त हुन उनलाई जसरी पनि नेतृत्ववाट हटाउनु पर्छ’ उनले भन्ने गरेका छन्–‘मुलुकलाई बचाउन विरोधी गठबन्धनमा जानु राष्ट्रीय आवश्यकता हो।’
उनी निकट नेता रामप्रसाद रिजाल भन्छन्– ‘नेता नेपाल एमालेपार्टीको एकता, कम्युनिस्ट आन्दोलन र संघीय लोकतान्त्रिक व्यवस्था जोगाउन गम्भीर हुनु भएको छ। अहिलेको लडाई पदको होईन पार्टीलाई विधि र पद्धतिमा चलाउनु पर्छ भन्ने कुरामा वहाँको अडान छ।’
ओलीले बनाएको अवैधानिक महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय समितीमा रूपान्तरण गर्नूले ओली पार्टी एकताको पक्षमा नभएको प्रष्ट हुने पनि नेपालले वताएका छन् । ‘०७५ जेठ २ मा फर्किएको घोषणा गरेका ओलीले वादलसहित माओवादीका २३ जनालाई पनि केन्द्रीय समितिमा राखेर वैठक वोलाए। उनको नियत पार्टी एकताको पक्षमा छैन’ भन्ने वुझाई नेपालको रहेको रिजालले वताए ।
ओली आफ्नो वदनाम गर्ने काममा लागेकोमा नेपालले गुनासो गरेका छन् । नेता नेपालले भनेको कुरालाई कोट गर्दै रिजाल भन्छन्– ‘ओलीले सिमा नाघे, मनपरी गरे।’ अवैधानिक केन्द्रीय समितीबाट दिएको अल्टिमेटम आफूलाई मान्य नहुने र अदालतमा पुगेको हस्ताक्षर पनि फिर्ता नहुने उनले वताएका छन् । अवैधानिक समितिले कसैलाई कारवाही गर्ने हैसियत पनि नराख्ने उनले जिकिर गरेका छन् ।




















