✍️ रामप्रसाद रिजाल

कोमल ओलीले संसदमा पढेको बांदर कविताले उनको राजनीतिक स्तर लाई उजागर गरेको छ । ओलीले कस्ता कस्ता मान्छेहरूलाई अवसर दिन्छन भन्ने कुरा कोमल को राजनीति चेतनाले उनको गतिविधिले देखाईरहेको छ ।

अवशरको लागि कैले राजावादी कैले के, बादी कोमल ओली जस्ती मान्छेले एमालेका वरिष्ठ नेता शान्ति प्रकृयाका हस्ती कम्युनिस्ट आंदोलन का धरोहर कमरेड माधव कुमार नेपाल ज्यूलाई गरेको असान्दर्भिक टिप्पणीले कोमलको दर्जा औकात हैसियत देखांउछ ।

कागले आफ्नो नाम उच्चारण गरे झै कोमलले आफ्नो नाम उच्चारण गरिन राष्ट्रीय सभामा वांदर कविता मार्फत कविता कहा कस्तो भन्नुपर्छ बन्ने ज्ञान नभएकी सांसद को मर्यादा राख्न नसक्ने सडक सडक मा पोइला जान पाऊ पोइला जान पाउ भन्दै कराउदै चिच्याउदै उफ्रिदै हिड्दै सामाजिक विकृति विसंगति लाई बढाउदै समाजमा छोरी चेलीहरुको अपमान गर्दै हिड्ने कोमल ओलीले नैतिकता कुरा गर्नु र भैसींलाई नुहाएर गाई बनाउनु उस्तै उस्तै हो ।

ओलीले कस्ता कस्ता मान्छेहरूलाई अवसर दिन्छन भन्ने कुरा कोमलको राजनीति चेतनाले उनको गतिविधिले देखाईरहेको छ ।
कोमललाई चौक चौकमा कराउदै चिच्याउदै उफ्रिदै गीत गाउने पेशा नै ठीक रहेछ राष्ट्रीय सभाको सांसद को गरिमा यिनले बचाउन सकिनन ।

सांसद को मर्यादा गरिमा र नेताको योगदान यिनलाई के थाहा हुन्छ राजनीतिको र पनी नबुझेकी ओलीलाई परिक्रमा गरेर बा हजुर भन्दै ढोग्दै सांसद भएकी कोमल ओलीको बारेमा लेखेर समय खर्च गर्न नै मलाई मन लागेन ।