मधुमल्ला,२४ असार । नेपाली कांग्रेस चौैधौं महाधिवेशन नजिकिँदै जाँदा केन्द्र देखि वडा सम्म उम्मेदवारी घोषणा हुन थालेको छ । यसैक्रममा मोरङको मिक्लाजुङ गाउँ समितिको सभापतिमा अरुण विक्रम बस्नेतले उम्मेदवारी घोषणा गरेका छन् ।

बुधबार मधुमल्लामा एक पत्रकार सम्मेलनको आयोजना गरि उनले गाउँपालिका समितिको सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् । कुनै गुट वा उपगुटको समूहबाट आफ्नो उम्मेदवारी नभएको भन्दै उनले मिक्लाजुङमा काँग्रेसलाई दर्विलो बनाउ अघि बढेको बताए । विगतमा साविक मधुमल्लामा हुदा नेपाल विद्यार्थी संघ, नेपाल तरुण दलको समेत कुषल नेतृत्व गरि सकेका बस्नेतले अब गाउँपाटीको नेतृत्व पाए कुशलता पुर्वक नेतृत्व गर्दै पाटीलाई नयाँ उचाइमा पु¥याउने आफ्नो मुख्य लक्ष्य भएको बताए ।

बस्नेतले पार्टी बाहेक बिभीन्न संघसंस्थाहरुमा रहेर समेत कुषल नेतृत्व गरेका छन । पार्टीको नेतृत्व लिएर नेपाली कांग्रेसमा सबैलाई मिलाएर लान सक्ने क्षमता आफुमा भएको बस्नेतको दाबी छ । पार्टीको नेतृृत्व गर्न आफू सक्षम भएर अघि बढेको बस्नेतले बताए । केहीदिन भित्रमा आफ्नो गाउँ कमीटीको पुर्ण टिम नै घोषणा गर्ने बस्नेतले बताए ।