काठमाडौं,२६ असार । नेकपा एमालेमा एकताको लागि सहमति भनेर विभिन्न सञ्चार माध्यममा समाचार आएपनि सहमति नभएको एमाले नेता रामप्रसाद रिजालले बताएका छन ।
अनलाइन सगरमाथासँग कुराकानी गर्दै नेता रिजालले एमाले बरिष्ठ नेता माधवकुमार नेपाललाई उदृत गर्दै सो कुरा बताएका हुन । उनले भने, ‘अहिले सम्म सहमति भएको छैन संचार माध्यममा सहमति भैसक्यो भनेर आएका नेताहरूको अभिव्यक्ति झुठा हुन । नेता नेपाल र अध्यक्ष ओलीलाई कार्यदलका सदस्य हरूले सहमतिको मस्यौदा बुझाएको कुरो सत्य नभएको वरिष्ठ नेता नेपालले भन्नुभएको छ ।’
वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी जोगाउन गरेको त्याग समपर्ण र सहमतिलाई कमजोरी नठानी कार्यान्वयन गर्नुपर्ने समेत नेता रिजाले बताए । प्रधानमन्त्री ओलीको बानी सहमति गर्ने कमजोर हुदा र बलियो भए पछी सहमति तोड़ने किसिमको ओलीको चरित्र नै एमाले पार्टी एकताको बाधक भएको उनले बताए ।
पार्टीलाई अझ एकढिक्का बनाउन पार्टी र सरकारलाई प्रभावकारी बनाउन वरिष्ठ नेता माधब नेपालको भूमिकालाई बलियो र फराकिलो बनाउनु पर्नेमा नेता रिजालले उल्लेख गरे । उनले भने, ‘नेता नेपाल एमाले पार्टी एकताको पक्षमा हुनुहुन्छ वहां एमाले मात्र होइन समग्र कम्युनिस्ट पार्टीहरू नै एकताबद्ध बनाएर लैजाने मनशायमा हुनुहुन्छ ।’




















