मेलम्ची, २६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले विपद्बाट जनधनको दीर्घकालिन सुरक्षा गर्नका लागि सुरक्षित स्थानमा एकिकृत वस्ती निर्माण गरिनुपर्ने बताउनुभएको छ ।

मेलम्ची क्षेत्रमा अवलोकन भ्रमणका क्रममा सम्माननीय प्रधानमन्त्रीज्यू_Photo_Rajan_Kafle (23) 1
गत असार १ गते आएको भिषण बाढीबाट क्षतिग्रत भएको मेलम्ची क्षेत्रको शनिबार अवलोकन भ्रमण पश्चात स्थानीय जनप्रतिनिधिहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो विचार राख्नुभएको हो ।
‘यहीँ ठाउँमा त्यसैगरी उस्तै वस्ती, उहीँ ठाउँमा बजार बसाउने कुरामा धेरै कोसिश नगरौं । किनभने २÷४ वर्ष कुनै पनि समय विनाश नआउँदासम्म त सुरक्षित हुन्छ । आएको बेला चाहिँ फेरि त्यसले बर्बाद गर्छ । ’, उहाँको भनाई थियो

मेलम्ची क्षेत्रमा अवलोकन भ्रमणका क्रममा सम्माननीय प्रधानमन्त्रीज्यू_Photo_Rajan_Kafle (16) 1
बाढी पहिरोले खोला किनारका वस्तीहरु, बजारहरु, संरचनाहरु वा खेतीपातीलाई ने सँधै बिग्राने बताउँदै प्रधानमन्त्रीले सुरक्षित वस्ती, सुरक्षित आवास र सुरक्षित ठाउँमा बाढी र पहिरोले केही गर्न नपाउने स्थानमा सार्ने र त्यो सुरक्षित स्थानमा भूकम्प प्रतिरोधक खालका संरचनाहरुको निर्माण गरेर मात्र सिन्धुपाल्चोकको जनताले सधैँ बेहोरिरहने कष्टलाई न्यून गर्न सकिने विचार प्रधानमन्त्रीको थियो ।

मेलम्ची क्षेत्रमा अवलोकन भ्रमणका क्रममा सम्माननीय प्रधानमन्त्रीज्यू_Photo_Rajan_Kafle (21)
साथै प्रधानमन्त्रीले अहिले बगरको रुपमा परिणत भएको स्थानलाई भोलि बागबानी, बगैँचा, खेती, मत्स्य पालन आदि क्षेत्रहरुमा विकास गर्न सकिन धारणा समेत राख्नु भयो ।

मेलम्ची क्षेत्रमा अवलोकन भ्रमणका क्रममा सम्माननीय प्रधानमन्त्रीज्यू_Photo_Rajan_Kafle (22)
प्रधानमन्त्री सो भ्रमणका क्रममा राहत रकमका साथमा ३ सय ६६ घरका लागि १५ बण्डल जस्तापाता वितरण घोषणा गर्दै त्यो जस्तापाताले यहाँ तत्काल अस्थायी बसोवासको व्यवस्था गर्नका लागि अनुकूलता प्रदान गर्ने र, त्योसँगै ५० हजार रुपैया पनि तत्काल उपलब्ध गराइन बताउनुभयो ।

मेलम्ची क्षेत्रमा अवलोकन भ्रमणका क्रममा सम्माननीय प्रधानमन्त्रीज्यू_Photo_Rajan_Kafle (18)
भ्रमणकै क्रममा प्रधानमन्त्री ओलीले उक्त मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका, पाँच पोखरी थाँगपाल गाउँपालिका र जुगल गाउँपालिकामा भएको क्षति, राहत तथा पुनस्र्थपना कार्यको विस्तृत जानकारी समेत लिनुभएको थियो ।

 

मेलम्ची क्षेत्रमा अवलोकन भ्रमणका क्रममा सम्माननीय प्रधानमन्त्रीज्यू_Photo_Rajan_Kafle (10)

मेलम्ची क्षेत्रमा अवलोकन भ्रमणका क्रममा सम्माननीय प्रधानमन्त्रीज्यू_Photo_Rajan_Kafle (2)

मेलम्ची क्षेत्रमा अवलोकन भ्रमणका क्रममा सम्माननीय प्रधानमन्त्रीज्यू_Photo_Rajan_Kafle (11)

मेलम्ची क्षेत्रमा अवलोकन भ्रमणका क्रममा सम्माननीय प्रधानमन्त्रीज्यू_Photo_Rajan_Kafle (8)

मेलम्ची क्षेत्रमा अवलोकन भ्रमणका क्रममा सम्माननीय प्रधानमन्त्रीज्यू_Photo_Rajan_Kafle (4)

मेलम्ची क्षेत्रमा अवलोकन भ्रमणका क्रममा सम्माननीय प्रधानमन्त्रीज्यू_Photo_Rajan_Kafle (9)

मेलम्ची क्षेत्रमा अवलोकन भ्रमणका क्रममा सम्माननीय प्रधानमन्त्रीज्यू_Photo_Rajan_Kafle (6)

मेलम्ची क्षेत्रमा अवलोकन भ्रमणका क्रममा सम्माननीय प्रधानमन्त्रीज्यू_Photo_Rajan_Kafle (12)

मेलम्ची क्षेत्रमा अवलोकन भ्रमणका क्रममा सम्माननीय प्रधानमन्त्रीज्यू_Photo_Rajan_Kafle (13)

मेलम्ची क्षेत्रमा अवलोकन भ्रमणका क्रममा सम्माननीय प्रधानमन्त्रीज्यू_Photo_Rajan_Kafle (16) 1