काठमाडौं,२७ असार । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको स्थायी कमिटी बैठकमा माधव नेपाल पक्ष सहभागी नहुने भएको छ। नेपाल पक्षका एक स्थायी कमिटी सदस्यले सहमति नभई बोलाइएको बैठकमा सहभागी नहुने बताएका हुन्।

अध्यक्ष ओलीले आइतवार अपरान्ह ४ बजेका लागि बैठक आह्वान गरेका छन्। पार्टी विवादका सहमति खोज्न गठन गरिएको कार्यदल सहमति नजिक पुगेको बेला ओलीले स्थायी कमिटी बैठक बोलाएका हुन्।

पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले माधव नेपालसहित स्थायी कमिटीका सदस्यहरूलाई बैठकका लागि आमन्त्रण गरेका थिए।