काठमाडौं, २८ असार । नेकपा एमालेको कार्यदलले पार्टी एकताका लागि आइतबार मध्यराति १० बुँदे सहमति गरेपछि हर्षित हुँदै पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले अब प्रतिनिधि सभा पुनर्स्थापना र शेरबहादुर देउवा प्रधानमन्त्री हुने सम्भावना अन्त्य भएको दाबी गरेका छन् ।
आइतबार निरन्तर १२ घण्टाको छलफलपछि एमाले कार्यदलबीच १० बुँदे सहमति भएको हो । यस्तै प्रतिनिधि सभा विघटन र राष्ट्रपतिले देउवलाई प्रधानमन्त्रीमा नियुक्ति नदिएको विरुद्ध परेको मुद्दाको फैसला सर्वाेच्च अदाललते आज असार २८ गते सुनाउने सम्भावना छ ।
यसैबीच एमालेभित्र भएको सहमतिसँगै अब अदालतले प्रतिनिधि सभा पुनः स्थापना र देउवालाई प्रधानमन्त्रीमा नियुक्तिका लागि परमादेश जारी नगर्ने दाबी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले गरेका हुन् ।
थापाको फेसबुक स्टाटस



