काठमाडाैं,२९ असार । सर्वोच्च अदालतको फैसलापछि नेपालको राजनीतिले एकाएक नयाँ रुप लिएको छ । संसद पुनःस्थापना भएको छ भने कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनू भन्ने आदेश भएको छ । आफ्नै घरमा आगो लगाएर छिमेकीको घरमा गएर शरण लिएका नेता माधवकुमार नेपालको मिसन पूरा भएको छ । तर,आफ्नै नेतृत्वको सरकारले चुनाव गराएर दुईतिहाइ भन्दा बढी सिट जित्ने ओलीको सपना भने चक्नाचुर भएको छ ।
लोकतन्त्र र संविधानको रक्षाको नाममा आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको कुुुर्सीबाट हटाएर विपक्षी गठबन्धनका नेता शेरबहादुर देउवालाई कुर्सीमा पु¥याउन नेता नेपालको मुख्य भूमिका रहयो । अब उनले आफू पार्टी एकताका लागि प्रतिवद्ध रहेकाले सधैं विपक्षी गठबन्धनमा रहन नसक्ने बताएका छन्।
उनले जति नै पार्टी एकताको कुरा गरे पनि ओली पक्षले कलंकको रुपमा उनलाई लिने छन् । अब पार्टी एकता भएको कुरा गरे पनि सर्वाेच्चको फैसलाले एमालेका नेताहरुको मनमा झन् फाटो ल्याएको छ। आफ्नो नेतृत्वको सरकार ढालेर विपक्षी गठबन्धनको सरकारमा टाँसिन उनी जान्छन् या जाँदैनन् त्यो त हेर्न बाँकी नै छ । पार्टीका्े झगडाले विपक्षीलाई फाइदा पुगेको छ । जनताले पाँच वर्षसम्म प्रतिपक्षमा राखेको कांग्रेलाई पुनःसत्तामा पु¥याएको छ ।
मंगलबार कांग्रेस सभापति देउवाले प्रधानमन्त्रीको शपथ लिने भएका छन् । देउवाले शपथ लिएसँगै पाँच मन्त्रीले शपथ लिने तयारी रहेको बुझिएको छ ।
मन्त्रिमण्डलमा पहिलो चरणमा माओवादीबाट दुईजना मन्त्री बन्ने भएका छन् । माओवादीबाट वर्षमान पुन र जनार्दन शर्मा चर्चामा छन् ।
प्रधानमन्त्री ओलीले सोमबार साँझ बालुवाटारमा यो सरकारको अन्तिम मन्त्रिमण्डल बैठक बोलाएर निजामती कर्मचारीका नेता मुख्य सचिवका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका प्रमुखलाई बालुवाटार बोलाएर धन्यवाद दिए ।
प्रधानमन्त्री ओली भोलि नै बालुवाटार छोडेर आफ्नो निवास बालकोट फिर्ता हुने भएका छन् । प्रधानमन्त्री ओलीले साँझ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर सर्वोच्च अदालतको फैसलापछि चाल्ने कदमबारे छलफल गरे। वर्णन बाट


