✍️ रामप्रसाद रिजाल

नेपालीमा एउटा उखान छ अति भएपछि खति हुन्छ । खासमा प्रधानमंत्री ओलीले अति नै गरिसकेका थिए । सत्ताको लागि प्रधानमंत्री ओलीले तत्कालीन नेकपालाई क्षत-विक्षत बनाए आफ्नै दल एमालेलाई बिवाद को भूमरीमा फसाए ।पहिलो चोटी संसद विघटन सर्वोच्च अदालत ले बदर गरिदियो त्यसपछि ओली सच्चिने धेरैको अनुमान थियो तर ओलीको स्वेच्छाचारिता मा कहिल्यै लगाम लागेन यसमा ओलीलाई राष्ट्रपति विधादेवि भण्डारीले सधै सधै साथ दिईरहिन ।

अध्यादेश को ऋखला चलाएर विधीको शासनको धज्जी उढाए त्यतिमात्र होईन संसदमा विश्वास को मत नलिई अर्को सरकार बनाउन राष्ट्रपति लाई सिफारिश गरे बहुमत पुगेन भनेर सार्वजनिक रुपमा स्वीकार गरे लगत्तै फेरी कृते बहुमत देखाएर प्रधानमंत्री को दाबी गरे । विपक्षी गठबंधन ले बहुमत पुर्याएपछि त्यसलाई रोक्न राष्ट्रपति संग मिलेर विधी विधान सबै मिचेर जायाज नाजायज सबै हत्कण्डा प्रयोग ओलीले गरे ।

एमालेका वरिष्ठ नेता पूर्व प्रधानमंत्री कम्युनिस्ट आंदोलन का धरोहर शान्ति प्रकृयाका हिमायती आदरणीय कमरेड माधव कुमार नेपाल ज्यूलाई सधै ओलीले अपमान गरे नेता नेपाल लाई सौता को व्यवहार गरीरहे । सत्ता मा रहने अस्त्र सकिनै गएपछि प्रधानमंत्री ओलीले दोस्रो पटक पनि जन निर्वाचित संस्था माथि हमला गरे । सरकार का असंवैधानिक निर्णय हरु अदालत ले उल्टयाउदा पनि ओलीको स्वैच्छारिता रोकिएन । काम चलाउ भएपछि पनि ओलीले पटक पटक मंत्रीमंडल विस्तार र राजनैतिक नियुक्तिहरु गरीरहे । एक जना व्यक्ति ओलीको कारण मुलुकको हरेक क्षेत्र धरासयी भयो । संघिय लोकतांत्रिक व्यवस्था नै धरापमा पर्यो । राष्ट्रपति जस्तो संस्थापको गरिमा ओली र विधाको कारण ध्वस्त भयो । ओलीका अंहकार दम्भ कुशासनको घैटो मरिसकेको थियो । सर्वोच्च अदालत को फैसलाले ओलीको त्यो कुशासन को घैटो फुटेको छ ।

अदालत को फैसला संग संगै मुलुकमा ओलीले चलाईरहेको ध्वसकारी शासनको अन्त भएको छ । ओलीले संवैधानिक परिषद लाई पनि कठपुतली बनाए । शान्ति र समृद्धि आउने सपनामा प्रधानमंत्री ओली तिर आशाका नजरले हेरीरहे । नेपाली जनता हरु तर ओलीको असमक्षता तानशाही प्रवृत्तिले गर्दा मुलुकमा न त राजनीतिक स्थिरता आयो न त समृद्धि को दिशा मा मुलुक अघाढी गयो । ओली प्रधानमंत्री बनेपछि उनले आफूलाई राजा माने र अरुलाई

यी मेरा सबै रैती वा सेवक सम्झे । ओलीका नजिकका व्यक्तिहरुले ओलीले जती मनपरी गर्दै गए ओलीलाई स्यावास हजुर राम्रो गर्नुभयो भन्दै झन गलत बाटोमा जान उकासिरहे । स्थिरता को प्रतिवद्धता सहित जनमत बटुलेर शक्तिशाली सत्तामा पुगेका ओली अन्तमा आफ्नै अंहमले साढे तीन वर्षमा सडकमा फर्किएका छन । समीक्षा गरे ओलीले धेरै कारण हरु आफै भित्र पाउंने छन ।

ओलीले आफ्नै शक्ति र अनुकलतालाई चिनेनन सबैलाई मिलाएर लैजानी अभिभावकीय भूमिका र जिम्मेदारी लाई आफू संग रहेको ओलीले ख्याल नै गरेनन । अन्तमा सर्वोच्च को फैसला लाई उनकी र उनी निकट नेताहरुले संविधान को लोकतंत्र को संसदीय व्यवस्था को विपरीत भनेर उफ्रीरहेका छन । तर ओलीले चालेका असंवैधानिक कदम हरु र गतिविधि हरूले गर्दा सर्वोच्च को फैसला लाई संविधान विपरीत हो बन्ने नैतिक अधिकार ओलीलाई छदै छैंन ।