प्रतिगमनलाई परास्त गरेर माधव नेपाल बन्नुभयो राजनेता
नेकपा एमाले का वरिष्ठ नेता आदरणीय कमरेड माधव कुमार नेपाल लाई वहां का विरोधी हरुले अडान नभएको ढुलमुले नेता भन्नेहरुलाई आज नेता नेपालले प्रतिगामी तानशाही प्रधानमंत्री खड्क ओलीलाई हटाएर संघिय लोकतांत्रिक व्यवस्था लाई बचाउन जुन किसिमको चट्टानी अडान साथ वहां उभिन्नुभयो । जसको कारण आज नेता नेपाल जस्तो परिपक्व अनुभवी राष्ट्रवादी शाहसी त्यागी नेता नेपाल कै इतिहास मा पाउन मुस्किल छ । राजनीति भविष्य लाई नै दाउमा राखेर गणतांत्रिक व्यवस्था लाई बचाउनु भयो प्रतिगमन लाई पराष्ट गर्नुभयो ।
म लगाएत मेरो नेतृत्व मा ५० जनाको हाराहारीमा तत्कालीन समाजवादी पार्टी छोडे्र नेकपामा प्रवेश गर्यो यस बीचमा पटक पटक नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमंत्री माधव कुमार नेपाल लाई भेट गर्ने अवसर मलाई मिल्यो यस क्रम मा वहां को शालिन व्यक्तित्व समय लाई एकदमै उचित ब्यवस्था गर्ने क्षमता मात्र हैन दिनमा सयौं मानिसहरु पार्टी भित्रका र बाहिरका वहांको निवासमा दिनंहु घुईचो लाग्ने र नेता नेपाल लाई भेटे पछि सबै मानिस हरु प्रफुल्ल मुद्रा मा बाहिर निस्किएको पाईयो
नेता नेपाल ज्युको सरल व्यवहार सबै भेट्न जाने हरूलाई वहां ले गर्ने सम्मानित व्यवहार गम्भीर भएर सवै जनाको कुरा सुन्ने प्रवृत्ति को कारण नेपाल निवास कोटेश्वर मा आफ्ना समस्या हरु लिएर आउने नेकपाका नेता कार्यकर्ता मात्र होइन सबै खालका जनसमुदाय हरु को बाग्लो भिडभाड्ले कोटेश्वर निवास प्रधानमंन्ती निवास वालुवाटार हो की भन्ने भान हुन्छ र नेता नेपालको निवासमा देखिएको चहलपहलले नेकपाको नेतृत्व वरिष्ठ नेता नेपालको हातमा भविष्य मा जान्छ र नेपाल जति्को नेता लाई पार्टी को र सरकार को नेतृत्व मा बलियो रुपमा उभियाएको अवस्था मा मुलुकले काचुंली फेर्ने कुरामा कसैको दुईमत छैंन
लामो समय सम्म तत्कालीन नेकपा एमाले को नेतृत्व गरीसक्नु भएका नेकपा का वरिष्ठ नेता तथा पूर्व प्रधानमंत्री माधव कुमार नेपाल ले तत्कालीन जटिल परिस्थिति मा पनि पार्टी को कुशल नेतृत्व प्रदान गर्नुभएको थियो ! कम बोल्ने अनावश्यक कुरा नगर्ने स्वभाव का नेता नेपाल ले माओवादी को बिग बिगीमा एमाले कांग्रेस का सबै जसो हस्ती हरुले चुनाव मा पराजय हुदां वहां नेता नेपाल पनि पराजय हुनु स्वभाविकै थियो तर नेता नेपाल ले तत्कालीन एमाले को महासचिव पद बांट राजिनामा दिएर उच्च राजनैतिक संस्कार देखाउनु भयो
पदको लागि मरिहत्ते गर्ने जे पनि गर्ने हाम्रो जस्तो देशमा नेता नेपाल को राजीनामाले वहां ले आफ्नो असली रुप देखाईसक्नु भऐको छ !
लाखौं नेपाली जनताका आशा र भरोसा को जन-नेता कमरेड माधव कुमार नेपाल ज्यूलाई मेरो हृदय देखि नै सलाम छ मुलुकको रक्षा गर्नुहोस् गणतंत्र को रक्षा गर्नुहोस् नेपाल कम्युनिस्ट पार्टी लाई बचाएर नेपाली जनता को मतको रक्षा गर्नुहोस् हजुर लाई नेपाली जनता ले अहिले को नेकपा को किचलोले देश थला परेको बेला हुजुर लाई नायक मात्र होइन महानायक को रुपमा हेरेका छन !
अहिले नेता नेपाल का पछिल्ला अडानहरुले गर्दा र नेता नेपाल ले पार्टी लाई विधी पद्धति मा हिडाउन गरिरहनु भएको पार्टी भित्रको संघर्षले नेता नेपाल एमाले पार्टी को मात्र होईन राष्टकै राजनेता हुनुभएको छ ।
नेता नेपालले आफु पक्षीय केन्द्रीय समिति को बैठकको छलफलको क्रममा इमान र निष्ठा सहित राजनीति गर्ने हो झुकेर ओली संग समझौता गरिन्न भन्नुभयो । नेपाली राजनीति मा शालिन नेता को छवि बनाउनुभएको नेता नेपाल को उचाई सगरमाथा जस्तै दिन प्रतिदिन बढीरहेको छ ।
गलत प्रवृत्तिको विरुद्धमा ठाडै प्रहार गर्ने क्षमताका धनी नेता नेपालको खांचो र भूमिका एमाले पार्टीले मात्र होइन राष्ट्रले खोजिरहेको छ । जसरी गणतांत्रिक संविधान र व्यवस्था बचाउन नेता नेपालले गरेको महत्वपूर्ण योगदानको नेपालको इतिहासमा वहांको नाम सुनौलो अक्षरले लेखिन्छ ।




















