काठमाडौं,३१ असार । नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालको घर घेर्ने उद्घोषप्रति अनेरास्ववियुले आपत्ति जनाएको छ। एमालेका अध्यक्ष केपी शर्मा ओली युवाहरूले कोटेश्वरमा नेता नेपालविरुद्ध नाराबाजी गर्दै उनको पुतलासमेत जलाएका थिए।

केपी ओलीलाई बालुवाटारबाट बाल्कोट पुर्‍याएको युवाहरूले नेता नेपालको घर घेर्ने बताएका थिए। आफ्नो निवास युवाहरूलाई सम्बोधन गर्दै ओलीले नेता नेपाल एमालेविरुद्ध अपराधमा लागेकोले उनलाई पार्टीमा ठाउँ नभएको उद्घोष गरेका थिए। ओलीलाई निजी निवास पुर्‍याएर युवाहरू नेता नेपालको घर घेर्न कोटेश्वरमा जम्मा भएका थिए।

प्रहरीले नेता नेपालको निवासको सुरक्षा बढाएको थियो। अहिले ओली समूहका युवाहरू अहिले भने तितरबितर भएका छन्। उनीहरूको यस्तो गतिविधिप्रति अनेरास्ववियुले आपत्ति जनाएको हो। अनेरास्ववियुका उपाध्यक्ष माधव पन्तले यस्तो हर्कतको निन्दा गरेका छन्। उनले राजनीतिक संस्कारमा बस्न सबैमा अनुरोध पनि गरे। वैचारिक राजनीतिक संघर्षबाट विचलित नहुन पनि अपिल गरे।

पन्तले भनेका छन्, ‘केही अनलाइन पोर्टलहरूमा कोटेस्वर स्थित माधव नेपालको घर घेर्ने भन्ने समाचार देखियो। यस्ता घटिया हर्कतहरुको निन्दा र भर्त्सना गर्दै साथीहरूलाई राजनीतिक संस्कारमा बस्न अनुरोध गरिन्छ। वैचारिक र राजनीतिक संघर्षबाट विचलित चाकरीवाज कायरहरु होसियार! कोटेश्वर घेर्ने कुरा धेरै टाढाको हो, छोएर त हेर्नुस्।’