काठमाडौं, १ साउन ।  नेकपा एमालेका माधव पक्षका प्रभावशाली युवा नेता रामप्रसाद रिजालले एमाले पार्टी लाई एकताबद्ध बनाउन भए पार्टी का वरिष्ठ नेता माधव कुमार नेपाललाई एमाले पार्टी को अध्यक्ष बनाउन ढिलो गर्न नहुने कुरा नेता रिजालले बताएका छन ।

 अनलाइन सगरमाथा संगको कुराकानीमा केपी ओलीलाईनै अध्यक्ष बनाइरहे ओलीले एमाले पार्टी सिद्धयाउने नेता रिजालको भनाई रहेको छ । रिजालले ओलीको गतिविधि उनको बालकोटको घरको बार्दलीमा बोलेको भाषण सुन्दा ओली एमालेको अध्यक्ष हुन की साढ़े हुन ? रिजालले आफैलाई प्रतिप्रश्न गरे ।

ओलीको सत्तामोह तानशाही प्रवृतिले गर्दा आज नेकपा पार्टी धुजा धुजा भएकोले अस्वस्थ ओलीलाई घरमै आराम गराएर कम्युनिस्ट पार्टी लाई बचाउन नेता रिजालले सिङ्गो एमाले पार्टी लाई अपील समेत गरेका छन ।

कांग्रेस सभापति शेर बहादुर देउवाको लोकतांत्रिक गठवन्धन को सरकारलाई विश्वास को मत दिएर संसद संविधान र लोकतंत्र बचाउने कुरामा कम्युनिस्ट आंदोलनका महानायक नेता नेपाल संग शंका नगर्न प्रधानमंत्री देउवालाई रिजालले भनेका छन ।