काठमाडौं । नेकपा एमाले माधव समुहका नेता राम प्रसाद रिजालले एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीको तानशाही कदमको विरूद्ध शशक्त रुपमा उत्रिएका उपाध्यक्ष भीम रावलका हरेक कुरा बनावटी रहेछन भन्ने कुरा सवैले बुझेको बताएका छन । अनलाइन सगरमाथासँग कुरा गर्दै रिजालले रावल ओलीसँग वालुवाटारमा भेटेपछी उनी एका एक परिवर्तन भएको आरोप लगाए । उनले भने, ‘एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको समुहका प्रमुख नेताको रुपमा रहेका रावल एकै रातमा किन प्रतिगामी कित्तामा गए ? यत्रो वर्षको रावलको पहिचान छवि ओलीले एकै छिनको भेट्मा सकिदिएको रावलले पत्तो पाएनन ।’
समयले अब रावलको हैसियत देखाउने भन्दै नेता रिजालले संसद संविधान र संघिय लोकतांत्रिक व्यवस्थालाई जोगाउन आफ्नो राजनीतिक जीवनलाई दाउमा राखेका नेता नेपाललाई बाईपास गरेर १० बुदे सहमति को नाममा ओलीको तानशाही प्रवृत्ति लाई अझ मलजल गरेको आरोप लगाए ।
उनले भने, ‘विधिः सिद्धांत, विचार, अनुशासन, नैतिकता जस्ता कुराले मान्छेको राम्रो छवि बनाउछ तर यी सबै नैतिकवान कुराहरु त्यागेर प्रतिगमनलाई रोजे पछि भीम रावल र केपी ओलीमा के भिन्नता रहयो अब ? रावललाई किन जनताले मान्नुपर्ने ? अब हिजो भीम रावल हात्ती जस्तै बलिया थिए अव रावल हात्ती नै हुन तर दाह्रा निकालेको हात्ती जस्तै भए ।’




















