काठमाडौं,५ साउन। नेकपा एमालेका उपाध्यक्ष्य वामदेव गौतमको नाम जोडेर उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्दैछ भनी प्रेषित समाचारमा कुनै सत्यता नभएको गौतमको स्वकिय सचिव दिपक टमटाले बताएका छन ।
स्वकिय सचिव टमटाले कपो कल्पित समाचार नेता गौतमको चरित्र हत्यामा संलग्न अपराधी तत्वको दुष्प्रचार बाहेक अन्यथा केही नभएको ब्यहोरा जानकारी गराएका छन । नेता गौतम माधब नेपाल समहू बाट उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्दै भनी भिभिन्न मिडियाबाट समाचार प्रकाशन भएका थिए ।





















