काठमाडौं,५ साउन । नेकपा एमाले माधव नेपाल पक्षका प्रभावशाली युवा नेता रामप्रसाद रिजालले आफूलाई पार्टीको प्रभावशाली नेता हौं भन्ने हरू अहिले प्रतिगामी केपी ओलीको टाङमुनि पार्टी एकताको नाममा केहि छिर्न खोजीरहेका छन र उनीहरु सकिन्छन भन्ने कुरा बताएका छन। प्रतिगमनको कित्तामा लागे उनीहरूको राजनीति ओलीको जस्तै माटोमा मिसिने छ उनले बताए ।

वरिष्ठ नेता नेपाललाई युवा नेता रिजालले विचलित नहुन अनुरोध गर्दै हामीहरु जस्ता नंया पुस्ताको तपाइलाई साथ सहयोग रहेकोले केही कुहिएका आलुहरु प्रतिगामी कित्तामा जादैमा आकाशै खस्यो की भन्दै आत्तिहाल्नू पर्दैन झन पार्टी मजबूत हुन्छ भनेका छन ।

मान्छे सधै प्रभावशाली ,शक्तिशाली, राष्ट्रबादी र जनप्रेमी हुन उसले लिने बाटो सधै सत्यको पक्षमा न्यायको पक्षमा हुनुपर्छ भन्दै नेता रिजालले गद्बारहरु, तानशाहीहरु, भ्रष्टाचारीहरु, राष्ट्रघाटी कुलदोह्री हरूको पछी लाग्नेहरू राजनीतिमा केहीबेर पनि टिक्न सक्दैनन अनलाइन सगरमाथासँगको कुराकानीमा बताए ।

युवानेता रिजालले आफूहरू सँग पार्टी नेतृत्वले विश्वास गरे कुशल ढ़गले संगठन विस्तारलाई देशव्यापी रूपमा तिव्र बनाएर नेता नेपालले नेतृत्वमा पार्टीलाई पहिलो तथा महत्वपूर्ण शक्तिको रूपमा स्थापित गर्न म लगाएत तेस्रो पुस्ताका युवा नेताहरू तयार रहेको बताउदै आफुहरूको भूमिका लाई पार्टी मा फराकिलो बनाउन युवा नेता रिजालले वरिष्ठ नेता नेपाल सँग माग समेत गरेका छन ।