काठमाडौं,५ साउन ।नेकपा एमालेका केन्द्रीय सदस्य प्रभु साहले आइटी आर्मी नामको संगठन बनाएका छन । साहका अनुसार १ सय ५१ सदस्यीय सो संगठनले आइटी क्षेत्रबाट पार्टीका गतिविधिहरू निगरानी गर्नेछ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो भक्तपुरको लोकन्थलीस्थित एक पार्टी प्यालेसबाट उक्त संगठन घोषणा गर्ने साहले जानकारी दिए ।
आइटी आर्मीका प्रदेश कमिटीहरू १०१ सदस्यीय प्रस्ताव गरिएको छ । यस्तै, जिल्ला कमिटी ५१ सदस्यीय तथा पालिका कमिटी ३३ सदस्यीय प्रस्ताव छ । ‘केही साथीहरूको सहयोग लिएर मेरो नेतृत्वमा आइटी आर्मी संगठन निर्माण गरिएको छ,’ साहले भने ।




















