मोरङ,७ साउन । नेकपा एमाले ओली समुहको मोरङ स्थित उर्लाबारी नगर समितिको विस्तारित बैठकस्थलमा तोडफोड भएको घटनाप्रति माधब नेपाल समुहले गम्भीर आपति प्रकट गरेको छ । उर्लाबारी-८ को एभरेष्ट फनपार्कमा बिहीबार दिउँसो तोडफोड भएको घटनामा माधब नेपाल समुह माथि लगाएको आरोप प्रति गम्भीर आपति प्रकट गरेको हो ।
नेकपा एमाले नेपाल पक्षका उर्लाबारी नगर कमिटी अध्यक्ष गंगा बास्तोलाले सामाजिक संजाल फेसबुक मार्फत सर्वोच्चको गत फागुन २३ गतेको फैसलालाई कुल्चेर, पार्टीको बिधान मिचेर , २०७५ जेठ २ गतेमा पार्टी फर्केको भन्दै मुखमा राम राम बगलीमा छुरा चलाउदा उर्लाबारीको केपी गुट आज आफै समस्यामा फसेको बताए ।
नेकपा एमालेको अग्रज टीम संग बसेर स्थानीय परिबेसमा हामी मिलेर जानुपर्छ भनेर अरु पार्टीसंग समेत सहकार्य गर्ने तर, आफ्नै पार्टी त्यसमापनि आफ्नै गुठका युबा चिढ्याएर एक आपसमा झगडागरी तोड फोडको नाटक रचि माधब नेपाल समुह माथि आरोप लगाएको र बाटो छोडेर हिड्दा चोट लाग्छ"अध्यक्ष बास्तोलाले बताए ।
पार्टी अध्यक्ष केपी शर्मा ओली (संस्थापन) पक्षले नगर कमिटी घोषणा र सदस्यता नवीकरण गर्नका लागि भनेर बैठक दिउँसो १ बजेतिर सुरु गर्ने तयारी थियो। तर त्यसअघि नै आएको एउटा समूहले तोडफोड र हुलदंगा मच्चाएको एमाले उर्लाबारी नगर संयोजक उमाकान्त गौतमले जानकारी दिएका थिए । बैठक विथोल्ने प्रयास स्वरूप तोडफोड गरिएको गौतमको भनाइ छ। पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले तोडफोड गरेको आरोप एमाले संस्थापन पक्षको छ।





















