काभ्रे। नेपाली कांग्रेस तथा बिभिन्न पार्टी परित्यागगरी नकपा माओबादी प्रवेश गरेका छन् । मंगलवार नेकपा माओवादी केन्द्र खानिखोला -४ को आयोजनामा भेट्घाट तथा पार्टी प्रवेश कार्यक्रम बाट प्रवेश गरेका हुन् ।
नेपाली काङग्रेसका कृयसिल सदस्यहरु क्षेत्र ब. बल र नीर ब. हिम्दुङको नेतृत्वमा १ दर्जन कार्यकर्ता नेपाली काङग्रेस परित्याग गरी ने.क.पा. माओबादी केन्द्रमा प्रबेश गरेको हो । त्यस्तै एमाले पाटी परित्याग गरि थुप्रै नेता कार्यकर्ताहरु पनि माओबादी केन्द्र प्रवेश गरेको बताइएको छ |
नव प्रबेशीहरुलाई बागमती प्रदेश कमिटी सदस्य इन्द्रबहादुर थिङ छिन्ताङ र पार्टी जिल्ला सचिवालय सदस्य दैबलाल घिसिङ अनुशिलले स्वागत तथा सपथ ग्रहण गराउनु भयो।
कांग्रेसका यी कार्यकर्ता भए माओवादी केन्द्रमा प्रवेश ?
खानीखोला -४बाट नेपाली कांग्रेसको क्रियाशील सदस्य परित्याग गरि नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)मा प्रवेश गर्नुहुने क्षेत्र ब. बल,चस्म ब. सयाङ्तान्,दिल ब. बल, ग्यालसाङ् बल,नीर ब. बल, कान्छालाल स्याङ्तान,आरेन स्याङ्तान, सुवास बल, सुक ब.हिम्दुङ्, सुरेर हिम्दुङ लगायतका रहेका छन ।




















