काठमाडौं,९ साउन । नेकपा एमालेका नेता महेश बस्नेतले एमाले फुटाउने अध्यादेश ल्याए देशभर आगो बाल्ने चेतावनी दिएका छन्। शनिबार युथ फोर्सको भ्याली कमान्ड गठन गर्दै नेता बस्नेतले यस्तो चेतावनी दिएका हुन्।
नेता बस्नेतले एमाले सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने षड्यन्त्र भएको र एमाले फुटाउन अध्यादेश ल्याउने षड्यन्त्र भइरहेको बताए।
नेता बस्नेतले अघिल्लो सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गरे पनि विरोध गर्ने बताए। नेता बस्नेतले राष्ट्रपतिविरुद्ध महाभियोग लगाउनेबारे नसोच्न सत्तारुढ गठबन्धनलाई आग्रह गरे।




















