काठमाडौं,१० साउन । अनेरास्ववियुकोअध्यक्ष सुदेश पराजुलीले गलत पात्रलाइ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्ती गरेको अभिब्याक्ती दिएका छन । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिशमा उमेश श्रेष्ठलाइ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेकोमा उनले त्यस्तो अभिब्याक्ती दिएका हुन ।
अध्यक्ष पराजुलीले सामाजिक संजाल फेसबुक मार्फत न विज्ञता, न योगदान ,न त व्यवस्था प्रतिको समर्पण तर पनि सदैव विषेश र उचित किसिमको अवसर किन यस्तै यस्तै किसिमका मानिसलाई प्राप्त हुन्छ ? प्रश्न गरे । उनले भनेका छन् जनताको व्यवस्था, हाम्रो लोकतान्त्रिक गणतन्त्र आए पछि पनि यि यस्तै प्रवृत्ति किन र कसरी मौलाईरहेका छन् गम्भीर समिक्षा गर्नु जरुरी छ" ।
नेकपा एमालेको बरिष्ठ नेता माधब नेपाल निकट रहेका नेता पराजुलीले गलत पात्र र गलत प्रवृतिको सदैव विरोध गर्नु पर्ने कुरा ब्याक्त गरे । सहि राज्य व्यवस्थामा गलत पात्रलाई छनौट गर्नु शेर ब.देउवाको गलत कार्य भएको पनि बताए ।
मुलुक कोरोना महामारीको चपेटामा परेका बेला स्वास्थ्य क्षेत्रलाई बुझेको व्यक्तिले स्वास्थ्य मन्त्रालयको नेतृत्व गर्नुपर्ने आवाज उठिरहेका बेला प्रधानमन्त्री देउवाले व्यावसायिक पृष्ठभूमिका श्रेष्ठलाई स्वास्थ्यमा लगेका छन । नेपाली काँग्रेसका समानुपातिक सांसद तथा लिट्टल एन्जेल्स स्कूल र चितवन धुलिखेल लगायत ठाउँमा होटेल सन्चालक उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेकोमा बिरोध हुन् थालेको छ ।




















