बिराटचोक,११ साउन । नेपाली कांग्रेसकि महिला नेत्री विन्दा दाहाल थापाले नेपाली कांग्रेसको नगर सचिवमा उम्म्द्वारी दिने घोषणा गरेकी छिन । कांग्रेसकाे १४ औँ महाधिवेशन नजिकिएसँगै नेपाली कांग्रेसको सस्थापन निकट नगर सभापतिका दावेदार चैतन्य प्रसाद सिटौलाको समुहबाट थापाले सचिव पदमा उम्म्द्वारी दिने घोषणा गरेकी हुन् ।
सुन्दरहरैचाको १० न वडामा स्थायी बसोवास गर्दै आएकि थापा गत स्थानीय तहमा नेपाली काङ्ग्रेसको तर्फबाट सुन्दरहरैचा नगरपालिकाको उपमेयरको उम्मेदवार रहेकी थिइन । बिभिन्न संघ सस्थाहरुमा आबद्द रही सामाज सेवामा सक्रिय भूमिका समेत निर्वाह गर्दै आएकी थापाको नगर सचिवमा उम्म्द्वारी दिने घोषणाले कांग्रेसका स्थानिय नेता कार्यकर्ताहरुमा उत्साह छाएको छ ।

नेपाली कांग्रेसलाई विजयी बनाउनका लागि अग्रज, प्रौढ, युवासहित सबैलाई सम्मानजनक रुपमा समेटेर अगाडी बढाउने योजनामा रहेको बताउँदै थापाले नेपाली कांग्रेसमा युवाहरुको आकर्षण बढिरहेको समयमा युवा नेतृत्व आवश्यक रहेको र आसन्न चुनावमा युवाहरुको भूमिका महत्वपूर्ण हुने भएकोले नेपाली कांग्रेसमा आबद्ध युवाहरुको चाहना र भावनालाई सम्मान गर्दै आफू नगर सचिवकाे दाबेदार रहेकाे बताएकि छिन ।
थापालाई सचिवमा जिताउन नेपालि कांग्रेस संस्थापन पक्षका केन्द्रिय सदस्य अमृत अर्याल, राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझी , सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख साथै काङ्ग्रेस मोरङको जिल्ला सह-सचिव शिव प्रसाद ढकाल, काङ्ग्रेस मोरङको जिल्ला कोषाध्यक्ष गोपाल थापा जिल्ला सदस्य राजेन्द्रप्रसाद ढकाल,भगवती पौडेल र युवा नेता अर्जुन गजुरेलको साथ रहेको छ ।
अर्को पक्षको तर्फबाट सभापाती भक्ती सिटौलाको नाम चर्चामा छ भने सचिवमा नेविसंघका चर्चित बिधार्थी नेता होमनाथ पोखरेलको नाम चर्चामा रहेको छ ।




















