काठमाडौं,१२ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारका लागि सत्तासाझेदार दलसँग छलफल सुरु गरेका छन्। प्रधानमन्त्री देउवाले सत्तासाझेदार दलसँग परामर्श थालेका हुन्।

सोमबार जसपाको आधिकारिकतासम्बन्धी विवाद सोमबार समाधान भएपछि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी थालेका हुन्। गठबन्धनमा आबद्ध उपेन्द्र यादवले जसपाको आधिकारिकता पाएपछि प्रधानमन्त्री देउवाले जसपा, माओवादीसहितका नेताहरुलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबिच भेट भएको थियो। दुई जनाबीच मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल भएको थियो। प्रचण्डसँग छलफल गरे लगत्तै प्रधानमन्त्री देउवाले कांग्रेस पदाधिकारी बैठक राखेका छन्। आफ्नो निजी निवास बुढानिलकण्ठमा कांग्रेस सभापतिसमेत रहेका देउवाले मन्त्रिपरिषद् विस्तारका विषयमा आफ्नो पार्टीभित्र छलफल गर्न लागेका हुन्।