काठमाडाैं,१३ साउन । आज विहान बालुवाटारमा बसेको गठबन्धनको बैठकमा अमेरिकी आर्थिक सहयोग (एमसिसी)को विषयमा चर्काचर्की परेको छ ।

बैठकमा सहभागी एक नेताका अनुसार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बैठकमा एमसिसीको विषयमा कुराकानी गरेका हुन् । उनले एमसिसीसँगै संघीयताको विषयमा पनि छलफल गरेका थिए । कोरोनाभाइरसका कारण निकै ठूलो त्रास उत्पन्न भए पनि सरकार गम्भीर नभएको उनले आरोप लगाएका थिए ।

उनले अहिले बनेको सरकार गम्भीर हुनु पर्ने भन्दै यसले जहिले पनि एमसिसीबारे मात्र कुराकानी गर्ने हो भने आफ्नो पार्टी प्रतिपक्षमा बस्न तयार रहेको पनि बताएका छन् । राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई समर्थन गरेको थियो । जनमोर्चाबाट प्रतिनिधि सभामा एक जना सांसद रहेका छन् ।