काठमाडौं,१४ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महत्वपूर्ण छलफल तथा भेटघाट पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट गर्न थालेका छन ।
अब पार्टीका सम्पूर्ण बैठक तथा भेटघाट पार्टी केन्द्रीय कार्यालयबाटै हुने केन्द्रीय कार्यालय सचिव शेरबहादुर सचिव तामाङले जानकारी दिए ।प्रधानमन्त्री रहँदा उनले प्रधानमन्त्री निवास बालुवाटारबाटै पार्टीका सम्पूर्ण बैठक गर्दै आएका ओलीले बुधबार पनि ओलीले केन्द्रीय कार्यालयमा आएर पार्टी नेता तथा कार्यकर्तासँग भेटघाट गरेका थिए।
कार्यालयको व्यवस्थापनलाई पनि व्यवस्थित गरिएको र पार्टीको बैठक तथा कार्यक्रम भर्चुअल माध्यमबाट गर्ने व्यवस्था मिलाइएको पनि सचिव तामाङले जानकारी दिए । अध्यक्ष ओलीको स्वास्थ्यमा कुनै पनि समस्या नरहेको र उहाँ सक्रिय रूपमा कार्यालयमा उपस्थित हुनसक्ने अवस्था रहेको सचिव तामाङले बताए ।




















