काठमाडौँ,१५ साउन । नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीलाई बिधान अनुसार चलाउन नसकेको दोष सवैले लिनुपर्ने बताएका छन । शुक्रबार काठमाडौंमा विपी कोइराला प्रतिष्ठान, खाँडादेवी गाउँपालिकाले आयोजना गरेको पार्टीको क्रियाशील सदस्यता सम्बन्धी विवादका बिषयमा पार्टी पदाधिकारीले हस्तक्षेप गर्नु बिधान बिपरित भएको उनको भनाई छ ।
उनले पार्टीको विधानले केन्द्रीय कार्य समितिबाट सो विवाद समाधान गर्नुपर्ने व्यवस्था भए पनि पार्टी नेतृत्व विधान अनुसार चल्न नसकेको उल्लेख गरे ।
पार्टीले बिधानमा बाहिर गएर क्रियाकलाप गर्दै आएको उनले बताए । थापाले कांग्रेसले आफ्नो महाधिवेशन समयमा नै सम्पन्न गर्नुपर्ने धारणा पनि राखे । फरक प्रसंगमा थापाले कांग्रेस नेतृत्वको सरकारलाई सफल बनाउन सिंगो पार्टी लाग्नुपर्ने भन्दै सरकारलाई गल्ती गर्ने कुनै पनि छुट नभएको र कांग्रेस नेतृत्वको सरकारले अभावमा रहेका नागरिकलाई महशुस हुनेगरि काम गर्नुपर्ने बताए ।




















