काठमाडौं,१६ साउन । नेकपा एमालेकी नेतृ रामकुमारी झाक्रीले अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष छाडेपछि मात्र पार्टीमा एकता हुनसक्ने बताएकी छन्। शनिबार अखिल फोर्सको बृहत भेलालाई सम्बोधन गर्दै नेतृ झाँक्रीले ओलीले आत्मालोचना गर्दै अध्यक्ष छाडेपछि मात्र पार्टीमा एकता हुनसक्ने बताएकी हुन्।

मुलुकको राजनीतिलाई अहिलेको स्थितिमा र्पुयाउनेहरु मूलधारबाट बाहिर नहुँदासम्म एकता हुन नसक्ने बताइन्।प्रतिगमनकारीले सामान्य प्रयश्चित पनि नगरी कुममा कुम जोडाएर मात्र एकता हुन्छ भनेर प्रश्न गरिन्।

आफू पार्टी एकता विरोधी नभएको तर कम्युनिस्ट आन्दोलनको विर्सजन कसले गर्‍यो ? पुस ५ र जेठ ७ प्रतिगमन कि जनादेश भन्ने प्रष्ट हुनुपर्ने बताइन्।

एमालेभित्र संसद विघटनलाई प्रतिगमन र जनादेश बन्ने दुईथरि मत रहेको भन्दै उनले यसमा समान धारणा नहुँदासम्म पार्टी एकता कसरी हुन सक्छ भनी प्रश्न समेत गरिन्।