काठमाडौँ,१८ साउन । नेकपा एमालेकि नेत्री सुष्मा राइले केपी ओलीले भ्रम फिंजाए जस्तो एमाले सडकमा आएको होइन भन्नु भएको छ । नेत्री राइले सामाजिक संजाल फेसबुक मार्फत सडकमा त अंहकार, झुट, घमण्ड र स्वेच्छाचारीताले भरिएको प्रतिगमन आएको कुरा लेख्नु भएको छ ।

उहाले आज लेख्नु भएको फेसबुक वालमा प्रतिगमन सडकमा पछारिएकै कारण संसद बाँचेको हो, संविधान र व्यवस्था जोगिएको हो कुरा हो भन्ने कुरा लेख्नु भएको छ । राइले अध्यक्ष ओली प्रति कटाक्ष गर्दै आफ्नो कुर्सी ढलेको झोंकमा एमाले सडकमा आयो भन्नु अमुक व्यक्तिको आक्रोश सिवाय केही होइन भन्नु भएको छ । एमाले कसैको पेवा होइन, कुनै व्यक्तिले जे भन्यो त्यही हुने हुने उहाले भन्नु भयो ।

कसैले भने झैं हो भने, आज संविधानको रक्षाकवच भएर उभिने, तानाशाह र निरंकुशतालाई बार्दलीमा पुर्याउने, विधी र प्रक्रियालाई स्थापित गर्ने र राजनीतिमा मूल्य र मान्यताको आवश्यकता पुष्ठि गर्ने को रहेछ त भन्ने प्रश्न गर्नु भएको छ ? उहाले व्यक्तिवाद गतिविधिलाई मुर्दावाद पनि भन्नु भएको छ ।