काठमाडौं,१८ साउन । ओलीको नियत एमाले पार्टी एकता नगर्नै भएकोले एकताको नाममा धेरै बेर नअल्मिन वरिष्ठ नेता माधव निकटका युवा नेता रामप्रसाद रिजालले बताएका छन । सो कुरा आज युवा नेता रिजालले अनलाइन सगरमाथा संगको कुराकानीमा बताएका हुन ।
ओलीले पार्टी एकतालाई क्षत विक्षत पारेको दुईतिहाईको सरकारलाई ढालेको संविधान र संसदको चीरहरण गरेकोले ओलीले माफ माग्नु पर्ने र ओलीको नैतिकता भए पार्टी अध्यक्षबाट राजीनामा दिएर निकास दिनुपर्ने नेता रिजालले बताए ।

ओलीको सत्तामोह तानशाही प्रवृतिले गर्दा आज नेकपा पार्टी धुजा धुजा भएकोले अस्वस्थ ओलीलाई घरमै आराम गराएर कम्युनिस्ट पार्टीलाई बचाउन नेता रिजालले सिङ्गो एमाले पार्टीलाई अपील समेत गरेका छन ।
रिजालले भने -‘माधव नेपाल पार्टी एकताको पक्षमा छन तर साच्चैको पार्टी एकता गर्ने हो भने ओलीको तानशाही प्रवृत्तिको अन्त गर्ने वा अंकुश लगाउने किसिमले पार्टी एकताको खाका ल्याउनु पर्ने पक्षमा माधव नेपाल हुनुहुन्छ ।”
नेता नेपाल एमाले पार्टी एकता कम्युनिस्ट आन्दोलन र सघिय लोकतांत्रिक व्यवस्था जोगाउन गम्भीर भएको कुरा आफुले पाएको एमाले माधव पक्ष युवा नेता रिजालले बताए
उनले भने- ‘ओली प्रतिगामी भैसकेकोले ओली संग नअल्मलि नझुकी नयां शक्तिशाली कम्युनिस्ट पार्टी निर्माणमा ढिलो नगर्न म पार्टीका वरिष्ठ नेता तथा कम्युनिस्ट आन्दोलनका धरोहर नेता माधव कुमार नेपाललाई अपील गर्दछु ।”
उनले थप भने -‘सामाजिक संजाल तथा संचार माध्यममा नेता नेपाल बाहेक पार्टी एकता ओलीले गर्न आटेको भन्ने कुरो सांचो हो भने त्यो दिवासपना हुने र ओलीले पार्टी एकता नगर्न खोजेको स्पष्ट हुन्छ कम्युनिस्ट आन्दोलनका खम्बा पार्टी कै अभिभावक नेता नेपालको पक्षमा सारा नेपाली जनता देखि सबै हामी नेता कार्यकर्ता साथमा छौ ।”
एमालेका वरिष्ठ नेता तथा कम्युनिस्ट आन्दोलनका महानायक कमरेड माधव कुमार नेपाल बिनाको पार्टी एकता हुन नसक्ने कुरा रिजालले ठोकुवा गरे ।
उजले भने -‘ओलीले पार्टीलाई एकताबद्ध बनाउन खोजेका छैनन त्यसैले ओलीको जालमा नफस्न नेपाल खनाल पक्षका नेताहरुलाई अपील गर्दछु र ओली बिनाको वृहत कम्युनिस्ट पार्टी बनाउने अभियानमा सरिक हुन सवैलाई हार्दिक अपील गर्दछु ।”
ओलीको सत्तामोह तानशाही प्रवृत्तिको कारण विशाल नेपाल कम्युनिस्ट पार्टी ३ टुक्रा भयो ओलीले एमाले समाप्त गरे रिजालको भनाई छ । माधब नेपालको नेतृत्वमा नेपालको राजनीतिमा अब बैकल्पिक शक्तिको उदय हुने रिजालले ठोकुवा गरे ।ओलीको प्रवृत्ति मलामी जादा खुसी हुने जन्त जादा दुःखी हुने रहेको रिजालले बताए । माधव कुमार नेपालको नेतृत्वमा नयाँ कम्युनिस्ट पार्टी बनाउन ढिलो गर्न नहुने रिजालको भनाई छ ।




















