काठमाण्डौ ,१८ साउन । सर्वोच्च अदालतले कर्णलीमा फ्लोर क्रस गरेका ४ सांसदमाथिको कारवाही वैधानिक भएको ठहर गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले केपी शर्मा ओलीले दिएको भ्याकेट निवेदनमा सुनुवाइ गर्दै यसअघिको अन्तरिममा आदेश खारेज गरेको हो।

अदालतले पार्टीको ह्वीपविपरीत ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई विश्वासको मत दिएका चार सांसद प्रकाश ज्वाला, अम्मरबहादुर थापा र कुर्मराज शाही र नन्दसिंह बुढालाई एमालेले गरेको कारबाही सदर हुने गरी आदेश दिएको हो। अदालतको फैसलासँगै कर्णाली एमालेका चार सांसद पदमुक्त भएका छन्।

यसअघि सर्वोच्च अदालतले माओवादीबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीलाई एमालेको ह्वीप उल्लंघन गरेर विश्वासको मत दिने चार सांसदलाई दसौं महाधिवेशन आयोजक कमिटीले कारबाही गर्न नसक्ने भन्ने अन्तरिम आदेश जारी गरेको थियो। अन्तरिम आदेशविरुद्ध एमाले अध्यक्ष केपी शर्मा ओली आफैँ भ्याकेट निवेदन लिएर सर्वोच्च गएका थिए।