काठमाडौं,२१ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै छ । बैठक आज बिहान एघार बजे बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा बैठक बोलाइएको छ ।
बैठकका लागि राजधानी बाहिर रहेका केन्द्रीय सदस्यहरू समेत काठमाडौं आएका छन् । संसद् पुनर्स्पापना र शेरबहादुर देउवा नेतृत्वमा नयाँ सरकार बनेपछि पहिलो पटक यो समूहको केन्द्रीय कमिटी बैठक बोलाइएको हो ।
स्थायी कमिटी सदस्य बेदुराम भुसालका अनुसार राजनीतिक घटनाक्रमबारे नेतृत्वले ब्रिफिङ गर्ने र केन्द्रीय सदस्यहरुको धारणा बुझ्न बैठक बोलाइएको हो ।
अध्यक्ष केपी शर्मा ओलीले भने आफू पक्षीय केन्द्रीय कमिटी बैठक राखिसकेका छन् । माधव समूहले बोलाएको केन्द्रीय कमिटी बैठकप्रति भने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले वक्तव्य जारी गरी आजको बैठक अनधिकृत भएको भन्दै आपत्ति जनाएको छ ।




















